युवतीहरुको यौन शोषण तथा बेपत्ता बनाएको आरोप लागेका लिटिल बुद्द रामबहादुर बम्जनको रबि लामिछानेले गरे पर्दाफास

काठमाडौं, १४ पुस । सानै उमेरमा बाराको हलखोरीया जंगलमा तपस्या गरेर एकाएक चर्चामा आएका राम बहादुर बम्जन हिजो आज विवादित भएका छन । आँफूले सृष्टीको सम्पूर्ण रहस्य बुझेकाले आँफू गौतम बुद्ध भन्दा पनि माथि रहेको दाबी गर्दै आएका कथित लिटिल बुद्ध रामबहादुर बम्जन माथि यौन शोषण तथा बेपत्ता बनाएको आरोप लागेको छ । सेतोपाटी अनलाइनकोे खोज रिपोर्टिङपछि अहिले बेपत्ता भएका आफन्तले जिल्ला स्थित प्रहरी प्रशासनमा उजुरी गरेका छन् ।

बम्जनको आश्रम गएका आफ्ना बुबा सञ्चलाल वाइवा बेपत्ता भएको भन्दै खोजिदिन मकवानपुरको हेटौंडा उपमहानगरपालिका १४ महेन्द्र वाइवाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दिएका छन् । बम्जनको आश्रममा डोल्मो नामले परिचित हेटौंडाकी फूलमाया रूम्बा समेत बेपत्ता छिन् । यस्तै लामो समयदेखि बम्जनको आश्रममा बसेका बाराका सुरेश आलेमगर पनि २०७२ को भुइँचालोपछि बेखबर छन् । उनको खोजीका लागि बम्जनको आश्रममा पुग्दा आश्रमामा कति आउँछन् कति जान्छन् जानकारी नहुने जवाफ पाए ।

सुरेशको खोजीका लागि परिवारले जिल्ला प्रहरी कार्यालय बारामा निवेदन दिएको छ । २०६८ सालदेखि मकवानपुरकी पासाङ तामाङ पनि बेपत्ता छिन् । उनका परिवार बमजनको आश्रममा छोरीको खोजीका लागि पटक पटक पुगे तर केही खबर पाएनन् न बम्जनको आश्रमले कुनै जवाफ नै दियो । यसै विषयमा बोधी श्रवण धर्म संघका सदस्य भुमिनन्द देवकोटा र नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तम राज सुवेदीसंग गरिएको कुराकानी हेर्नुहोस :

  • न्युज२४नेपालबाट