पाकिस्तान भन्दा नेपाल र बङ्गलादेश धनी भएको एक रिपोर्ट

एजेन्सी । भारतीय सञ्चारमाध्यमले पाकिस्तानका विषयमा एक सनसनीपूर्ण खुलासा गरेका छन्। पछिल्लो समय पाकिस्तान कंगाल बन्दै गएको र पाकिस्तान भन्दा नेपाल र बङ्गलादेश धनी भएको मिडिया रिर्पोटको दाबी छ।

रिर्पोटका अनुसार पाकिस्तानको ढुकुटीमा निकै कम पैसा छ भने पाकिस्तानभन्दा भारतको ढुकुटीमा ४५ गुण धेरै डलर रहेको छ । मिडिया रिर्पोटका अनुसार पाकिस्तानसँग ९ अरब डलर विदेशी मुद्रा रहेको छ भने भारतसँग ४०५ अरब डलर विदेशी मुद्रा भण्डार छ।

विश्वमै सबैभन्दा बढी मुद्रा चीनसँग छ । चीनको ढुकुटीमा ३ हजार १२५ अरब डलर विदेशी मुद्रा भण्डार छ भने दोस्रो नम्बरमा जापान छ। जापानसँग १ हजार २५६ अरब डलर छ।

त्यस्तै आठ सय अरब डलर रहेको स्वीटजरल्याण्ड तेस्रो नम्बरमा छ। चौँथो नम्बरमा रहेको साउदी अरबको ढुकुटीमा ४ सय ८८ डलर छ भने ४६० अरब डलर रहेको रुस पाँचौ नम्बरमा छ।

भारत ४०५ अरब डलर सहित सातौँ स्थानमा छ भने पाकिस्तान ७६ औँ नम्बरमा रहेको छ। सूची अनुसार पाकिस्तान भन्दा बङ्गलादेश र नेपाल माथि छन्। पाकिस्तान भन्दा बढी विदेशी डलर नेपालमा रहेको उक्त रिर्पोटको दाबी छ।