‘न्यायको खोजीमा निर्मलाहरु’ बालुवाटार पुगे !

काठमाडौं, १४ पुस । कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको हत्या भएको ५ महिना बितिसक्दा पनि सरकारले हत्यारा पत्ता नलगाएको भन्दै शनिबार प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरिएको छ ।

विवेकशील साझा पार्टीको नेतृत्वमा ‘न्यायको खोजीमा निर्मलाहरु’ लेखिएका ब्यानरहरुसहित बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि प्रदर्शनमा गरिएको हो ।

प्रदर्शनमा ‘न्याय मर्न नदिऔँ, सत्य हार्न नदिऔँ’ जस्ता नारा लगाइएको थियो । उनीहरुले न्यायका लागि सरकार गम्भिर नभएको आरोपसमेत लगाए ।