मिस तामाङ २०१९ को लागि आवेदन खुल्ला, माघ ५ सम्म आवेदन दिन सकिने


काठमाडौं, १४ पुस । मिस तामाङ २०१९ का लागि आवेदन खुल्ला गरिएको छ ।

प्रतियोगिताको १२ औं संस्करण मिस तामाङको आवेदन काठमाडौको पुतलीसडकस्थित हेल्लो क्याफेमा शुक्रवार पत्रकार सम्मेलन गरि खुल्ला गरिएको हो ।

बिगतमा जस्तै यस पटक पनि एभरेष्ट फेसन होम नेपाल र नेपाल तामाङ कला संस्कृति केन्द्रले संयुक्त रुपमा प्रतियोगिताको आयोजना हुने भएको छ । व्यवस्थापन भने एभरेष्ट फेसन होमले गर्नेछन् ।

प्रतियोगिताका संयोजक रञ्जिता लामाका अनुसार सहभागीताको लागि आवश्यक मापदण्ड पूरा गर्नेले यही पौष १४ देखि माघ ५ सम्म आवेदन दिन सकिने र आर्थिक अवस्था कमजोर भएकोलाई विषेश छुट दिइनेछ ।

तामाङ जातिको भाषा,कला, संस्कृति, भेषभुषा, बाजा, रीतिरवाज र धर्मलार्ई युवा जमातमार्फत् सामाजिकिकरण गर्ने उद्देश्यले आयोजना हुँदै आएको आयोजकले जनाएको छ ।

मिस तामाङ २०१९ को विजेताले नगद १ लाख, सिल्बर क्राउन,फस्ट रनर अपलाई ५० हजार,सिल्बर क्राउन,सेकेण्ड रनर अपलाई २५ हजार, सिल्बर क्राउन र अन्य १० प्रतिस्पर्धीलाई विभिन्न अवार्डहरु प्रदान गरिनेछ । आवेदन फार्म एभरेष्ट होमको कार्यालय पुतलीसडक काठमाडौमा पाइनेछ ।

प्रतियोगितामा सहभागिता हुनको लागि तामाङ जातिको अविवाहित १६ देखि २८ बर्षसम्मको हुनुपर्ने । शैक्षिक योग्यताको हकमा एसईई उतीर्ण गरेको र कम्तिमा ५ फिट उचाई भएको हुनुपर्ने संयोजक लामाले बताइन् । लामाले थपिन् ‘संसारभरिकै देशहरुबाट सहभागी हुन सकिने छ र मिस तामाङ २०१९ को बिजेताले जर्जियामा हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा भाग लिने अवसर पाउनेछिन्’।

प्रतिक्रिया दिनुहोस
Advertisement