फिलिपिन्समा शनिबार बिहानै गयो शक्तिशाली भूकम्प

मनिला, १४ पुस । फिलिपिन्समा शनिबार ६.९ म्याग्निच्युडको भूकम्प गएको छ ।

फिलिपिन्सको मिन्दानाओ द्वीपमा गएको सो भूकम्पको कम्पन देशको दक्षिण भाग र छिमेकमा पर्ने देश इन्डोनेसियामा समेत महसुस गरिएको छ ।

सो भूकम्पको केन्द्रबिन्दु दाभाओ सहरको दक्षिणपूर्वी भागको आसपासको इलाकामा ५९ मिटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ ।

छिमेकी देश इन्डोनेसियामा ज्वालामुखि विस्फोटपछि आएको सुनामीमा परी चार सय व्यक्तिको मृत्यु भएको घटनाको एक हप्तापछि सो भूकम्प आएको हो ।

यस भूकम्पपछि प्रशान्त महासागर सुनामी चेतावनी सेन्टरले ‘हजारडोअस’ नामक सुनामीको सानो छाल उठ्ने अनुमान गरेको छ । इन्डोनेसिया र फिलिपिन्सको तटीय क्षेत्रमा सो सुनामी छालको अनुमान गरिएको हो यद्यपि सुनामीको छाल ३० सेन्टीमिटरभन्दा कम हुने पनि अनुमान गरिएको छ ।

फिलिपिन्समा सर्वसाधारण व्यक्तिलाई समुद्र र तटीय क्षेत्रमा नजानको लागि फिलिपिन्स सरकारले सतर्क गराएको छ ।