पर्यटक बोकेको बसमा बम विस्फोट : १२ जना घाइते, २ जनाको अवस्था गम्भीर !

एजेन्सी, १४ पुस । इजिप्टमा पर्यटक बोकेको बसलाई लक्षित गरी बम बिस्फोट गरिएको छ ।

इजिप्टको गिजा पिरामिड नजिक पर्यटक बोकेको बसलाई लक्षित गरी बम बिस्फोट गरिएको हो ।

१४ जना भियतनामी नागरिक बोकेको बसमा बम बिस्फोट हुँदा १२ जना घाइते भएका छन् भने दुई जना गम्भीर छन् । घाइतेलाई नजिकैको हराम अस्पतालमा भर्ना गरिएको छ ।

बसको रुट छेउको सडकमा राखिएको बम विस्फोट भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । क्रिसमसयता पर्यटक लक्षित गरेर सुरक्षाकर्मी परिचालन भए पनि विस्फोट हुनुमा आतंकवादी संगठनको हात हुन सक्ने अनुमान गरिएको छ ।