गैँडाको आक्रमणबाट ४ महिला घाइते
कञ्चनपुर, १३ पुस । गैंडाको आक्रमणबाट खर काट्न गएका चार महिला घाइते भएका छन् ।
गैंडाको आक्रामणबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खर काट्न गएका बेलडाँडी गाउँपालिका–२ का चार महिला घाइते भएका हुन् ।
घाइते हुनेमा बेलडाँडी गाउँपालिका–२ का ३७ वर्षीया सीता उपाध्याय, ६० वर्षीया दुर्गादेवी उपाध्याय, ३८ वर्षीया सरस्वती सावद र ३३ वर्षीया सुशीला उपाध्याय रहेका छन् ।
घाइतेलाई उपचारका लागि कैलालीको धनगढीतर्फ लगिएको कालिकिच उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिए ।