नेपालको ग्रामिण भेगमा ठगी धन्दा गर्दै आएका ५ भारतीय भोजपुरबाट पक्राउ

भोजपुर, १३ पुस । भोजपुरमा ठाडी धन्दा गर्दै आएका ६ भारतीय नागरिकको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

जिलाको पौवादुम्मा गाउँपालिका–४ बाट उनीहरुलाई आज प्रहरीले पक्राउ गरेको हो ।

सुन सफा गरिदिन्छौँ भन्दै स्थानीयवासीको सक्कली सुनमा विभिन्न खालको धातु लगाएर ठगी गर्दै आएका उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा भारतको मोतीहारी घोडासहन–१४ का लवकुश शाह, जीतेन्द्र शाह, शरणकुमार शाह, रवीन्द्र शाह, रमेश कुमार र राकेश कुमार रहेका छन् ।