प्रमुख अतिथि बनेर पुगेका प्रचण्डको गलामा डेढ किलो सुन्तलाको माला, यसलाई सम्मान भनौ कि अपमान !

काभ्रे, १३ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काभ्रेको एउटा कार्यक्रममा प्रमुख अतिथि बनेर पुगे, जहाँ उनलाई सम्मान गरियो डेढ किलोको सुन्तलाको मालाले । सायद यस्तो खालको सम्मान पाउँदा प्रचण्डलाई अचम्म लागेको हुनु पर्छ र असहज पनि महसुस भएको हुनु पर्छ । तर पनि उनले त्यो सम्मानलाई सहज रुपमा स्वीकारे ।

काभ्रेको खाँडादेवी माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा पुगेका प्रचण्डको गलामा डेढ किलो हुने सुन्तलाको माला लगाइएको हो ।

यसबारे आयोजकसंग बुझ्दा नयाँ हिसाबले स्वागत गर्नका लागि डेढ किलो सुन्तलाको माला बनाइएको जानकारी दिएको छ ।