फेरी अर्को दुखद खबर : ट्रकले स्कुटीलाई ठक्कर दिंदा सन्चारकर्मी पौडेलको मृत्यु !

चितवन, १३ पुस । ट्रकको ठक्करबाट सन्चारकर्मी प्रवीण पौडेलको निधन भएको छ ।

स्कुटीमा सवार रहेका पौडेललाई शुक्रबार बिहान ११ बजेतिर ट्रकले ठक्कर दिंदा घम्भिर घाइते भएका उनको उपचारको क्रममा निधन भएको हो ।

चितवनको रत्ननगरस्थित निपनीचोकमा ना२ख २१६६ नम्बरको मालवाहक ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका पौडेलको उपचारकाक्रममा भरतपुर अस्पतालमा दिउँसो मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

उनि बा१प ९२१ नम्बरको स्कुटरमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेका थिए ।