कुन अथवा कस्तो रोगको लागि के को जुस पिउने त ? जानि राख्नुहोस ! अनि सेयर पनि गर्नुहोस्

मान्छे लाइ मौसम अनुसार विभिन्न रोग लाग्ने गर्छ र रोग अनुसारको ओखती र खाने कुराहरु खानु जरुरि छ । त्यसैगरी स्वास्थ्यको लागि विभिन्न प्रकारको जुसहरु पनि पिउनु आबश्यक छ । कस्तो अथवा कुन रोग लाग्दा कस्तो जुस पिउने त ? आज हामि तपाईलाई जानकारी गराउछौ ।

– भोक नलाग्दा भोक नलाग्ने मान्छेले बिहान खाली पेट मा कागतीपानी खानुपर्छ अनि खानुअघि अदुवाको पेस्टमा बीरे नुन हालेर खानुपर्छ ।

– रगत सफा गर्न शरीरमा विद्यमान रगतलाई शुद्ध बनाउनका लागि कागती, गाजर, काउली, पालुंगो, स्याउ, तुलसी र बेलका पातहरूको रस लाभदायक हुन्छ ।

– दमको समस्या दमको रोगीले लसुन, अदुवा, तुलसी, काउली, गाजरको सुप र मुँगको दाल अनि बाख्रीको दूध खाँदा फाइदा पुग्छ ।

– उच्च रक्तचाप उच्च रक्तचापका रोगीहरूले गाजर, अंगुर र मौसमको जुस पिउनुपर्छ । अनि शारीरिक र मानसिक आराम पनि गर्नुपर्छ ।

– निम्न रक्तचाप अथवा लो ब्लडप्रेसर भएकाहरूले गुलिया फलको रस पिउनुपर्छ भने अमिलो फलको रस पिउनुहुँदैन । अंगुर र मौसमको रस लाभदायक हुन्छ ।

– जन्डिस जन्डिस हुँदा रोगीले अंगुर, स्याउ र मौसमको रस पिउनुपर्छ । किसमिस डुबाएको पानीले पनि राम्रो गर्छ ।

– अनुहारको दाग अनुहारको दाग हटाउनका लागि गाजर, खरबुजा, प्याज, तुलसी र पालुंगोको रस लाभदायी हुन्छ ।

– क्यान्सर क्यान्सरबाट मुक्तिका लागि गाजर र अंगुरको रस पिउनु राम्रो हुन्छ ।