राष्ट्रियगान ‘सयौं थुंगा फूलका’ रचनाकार तथा साहित्यकार ब्याकुल माइलाका पिताको निधन

काठमाडौं । नेपालको राष्ट्रियगान ‘सयौं थुंगा फूलका’ रचनाकार तथा साहित्यकार प्रदीप कुमार राई(ब्याकुल माइला) का पिता मान बहादुर राईको निधन भएको छ। ओखलढुङ्गा हिलेपानी स्थित आफ्नै निवासमा ७१ बर्षको उमेरमा  शुक्रवार राती १ राईको निधन भएको छ । केही दिन यतादेखि अलि असहज महसुस गर्दैआउनु भएका थियो । शुक्रबार राती शौचालय गई फर्केर सुकला गर्ने वित्तिकै उनको प्राण गएको थियो । विगत केही वर्षदेखि हेमाटोमा र मधुमेह रोगबाट पीडित हुनुहुन्थ्यो र नियमित ६ थरी औषधि लिइरहनु भएको साहित्यकार माइलाले आफ्नो फेसबुकमा पोष्ट गरेका छन् ।

वि.सं. २००४ साल असोज महिनामा जन्मनु भएका राई वीस वर्षसम्म स्थायी शिक्षण सेवा गरी निवृत्त जीवनकालमा गा.वि.स. अध्यक्ष र जिल्ला विकास सदस्य भई जीवनभर समाज र राष्ट्रको सेवामा क्रियाशील रहनु भएको थियो । बुबाको असामयिक निधनको खबरले आफु स्तब्ध भएको उल्लेख गर्दै फेसबुकमा यस्तो स्ट्याटस राखेका छन्। आर्दश र निष्ठावान व्यक्तिका धनी सामाजिक जीवनमा सधैं समर्पित पिता पाएरै म आज सिङ्गो देशको माया पाउन सफल व्यक्ति हुने सौभाग्य पाएको छु ।

हेर्नुहोस प्रदिप कुमार राई(ब्याकुल माइला) लेखेको फेसबुक स्टाटस: