विद्युत् प्राधिकरणले बनायो नयाँ एप्स : अब बत्ती काटिनुअघि मोबाइलमा नोटिफिकेसन आउने

काठमाडौँ, १३ पुस । नेपाल बिद्युत प्राधिकरणको कार्यकारी संयोजकमा कुलमान घिसिङ नियुक्ति भएसंगै लोडसेडिङ सुन्य छ भन्दा नि फरक पर्दैन । तर, एक्कासी लाइन जाने समस्या भने यदाकदा छ ।

बिना जानकारी विद्युत् आपूर्ति बन्दा हुँदा आइपर्ने समस्यालाई विद्युत् प्राधिकरणले मोबाइल एप्लिकेसनको सहायताले हटाउने भएको छ ।

प्राधिकरणले अब विद्युत् काटिँदैछ भने त्यससम्बन्धी पूर्व जानकारी मोबाइलमा पठाउने व्यवस्था गरेको छ ।

प्राधिकरणले सूचना र प्रविधिको क्षेत्रमा देखिएको उपलब्धिलाई प्रयोग गरेर उपभोक्तालाई सहजै सूचना दिने उद्देश्यले नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ ।