दुर्घटना रोक्न अति संवेदनशील सडकमा स्टिलबार

डोटी, १३ पुस । डोटी जिल्लामा सवारी दुर्घटना रोक्नका लागि सडक किनाराका छेउछाउमा स्टिलबार लगाउन थालिएको छ ।

जिल्लाका अति संवेदनशील सडक तथा दुर्घटना बढी हुने ठाउँका सडक किनारमा स्टिलबार लगाउन थालिएको हो ।

क्षेत्रीय सडक कार्यालय तथा डिभिजन सडक कार्यालयको सहयोगमा जिल्लाका केआइसिंह राजमार्गका दिपायल, सिलगढी, शान्तिनगर, फुलौट, रामपुर, कालागाढलगायत क्षेत्रका सडक किनारामा स्टिलबार लगाउन थालिएको सडक डिभिजन कार्यालयका महाशाखा प्रमुख रुपकराज भण्डारीले बताए ।

जिल्लामा सडक दुर्घटनाका कारण वर्षेनी दर्जनौँ व्यक्तिले अकालमै ज्यान गुमाउने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मोहनसिंह धामीले बताए ।