दोश्रो नेपाल आइडल रबि ओडकी आमाको अन्त्येष्टि गर्दा देखिएको दृश्य !(भिडियो सहित)

काठमाडाैं , १२ पुस । नियतिसंग कसको के लाग्दो रैछ र ? गरीवको झुपडीमा नै दुखमाथि दुख थपिनुपर्ने । नेपाल आइडलको ताज पहिरिएर आमाको पाउ परेर आशिर्बाद लिन नपाउदै रबि ओड दोश्रो पटक मातृ बियोगमा परेका छन् ।

आफुलाई जन्म दिने आमालाई सानैमा गुमाएका रबिले फेरी आफ्नी दोश्री आमालाई पनि गुमाउन पुगेका छन् । हुन त रबिले सौतेनी आमाको महसुस कहिल्यै गर्नु परेन किनकि बिष्णादेवीले उनलाई आफ्नै छोरा जसरी हुर्काए बढाए र पढाए ।

नेपाल आइडलको दोश्रो सस्करण को उत्कृष्ट ४ मा पुगे पछी केहि दिन अगाडी आमाको चरणमा स्पर्श गर्न पुग्दा निकै भाबुक बनेका थिए रबि । हर्षका आँशु उनीहरुले त कति बगाए बगाए हेर्ने र देख्नेले समेत उतिनै बगाए । त्यस पछी रबि काठमान्डौ फर्किएर नेपाल आइडलको बिजेता बने ।

दोश्रो नेपाल आइडल बन्दा जितेको गाडीमा राखेर आमालाई सररर घुमाउने रविको सपना अन्ततः सपना मात्रै बन्यो किनकि उनकी आमाको बुधबार बिहानै देहावसान भएको छ । ४५ बर्षीय बिष्णादेवी ओडको अन्त्यष्टि गर्दाको दृश्य यस्तो देखियो :