सुनको मूल्य इतिहास कै उच्च, केहि दिन मै एक लाख काट्ने (मूल्य सहित)


काठमाण्डौ, १३ साउन । कोरोना महामारीसंगै आकासिएको सुनको मूल्य आज इतिहास कै उच्च मूल्यमा पुगेको छ। आज मंगलबार प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासंघका अनुसार हिजो तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ७ सय रुपैयाँले बढेर अहिले सम्म कै महँगो मूल्य कायम भएको हो । यस्तै चाँदी आज तोलामा ३५ रुपैयाँ बढेर तोलाको १२ सय ४५ रुपैयाँ पुगेको छ ।

महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यका अनुसार निकट भविष्य मै सुनको मुल्य प्रति तोला एक लाख रुपैया नाघ्ने अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement