भिक्षु सुगन्धप्रति बधाई

काठमाडौं, १२ साउन । नेपाली भिक्षु सुगन्ध महास्थविर (डा. अनिलमान शाक्य) थाइलैण्डका नरेश महाबजिरलोंकर्न फ्रा बजिर क्लाओ चाओ युहुआबाट अतिविशिष्ट राजकीय सम्मान ‘फ्रा देवशाक्यवंशपण्डिता’ बाट विभूषित हुनुभएको छ ।

यस सुखद् अवसरमा युवा बौद्ध समूह, काठमाडौंले आज एक विज्ञप्तिमार्फत श्रद्धेय भिक्षु सुगन्धप्रति हार्दिक बधाई ज्ञापन गरेको छ । विगतमा झै आउँदा दिनहरुमा पनि उहाँ गहकिला बुद्ध शासनिक कार्यहरुमा अनवरत रुपमा लागिरहन सकूनँ भनी समूहले शुभकामना व्यक्त गरेको छ ।