साप्ताहिक राशिफल : साउन ११ गते आईतबारदेखी श्रावण १७ गते शनिबारसम्मको
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
साता मध्ययम रहेकोले अदालती निर्णयहरु तपाईको पक्षमा आउने छैनन् । प्रणय सम्बन्धमा सामान्य शंकाले केही समयको लागी टाडिनु पर्ने बाध्यता आउँनेछ । आफन्त,मामा तथा मावली पक्षसँग राय बाजिनेछ । पुराना रोग पुनह बल्झिनाले स्वास्थ्यमा समस्या आउन सक्छ । बिद्या तथा प्रतिस्पर्धामा साता मध्ययम रहेकोले प्रतिस्पर्धीहरु नै हावी हुनेछन् । तरपनि प्रयत्न गर्दा औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । जो व्यात्तिहरु सुरक्षा निकाएसँग जोडिनु भएको छ जस्तै सेना,प्रहरी,अनुशन्धानको क्षेत्रमा काम गर्नेहरुका लागी साता शुभ रहनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
एकल तथा साझेदारि व्यावसायबाट भनेजस्तो आम्दानी हुनेछ । प्रतिस्पर्धी तथा सहपाठीहरुलाई किनारा लगाउँदै पढाइ लेखाइमा नतिजा हातपार्न सकिनेछ । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्य सम्वन्धी समस्या झेल्नेहरुले मुक्ति पाउँने समय रहेकोछ । दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध सुखि रहनेछ । मामा तथा मावली पक्षबाट सहयोग पाईनेछ । माया प्रेममा नजिक हुने तथा रमाईलो यात्राको तय गर्न सकिनेछ । भौतिक बस्तु तथा बिलाशी सामानको प्रयोग गरी अरुको ध्यान तान्न सकिनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बैक तथा बित्तिय क्षेत्र तथा चलचित्र क्षेत्रसँग सम्बन्धित गर्नेहरुका लागी साता शुभ रहनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
साताको सुरु र अन्तको समय मध्ययम रहेकोले ऋण,रोग तथा सत्रुको सामना गर्नुपर्दा कमजोर भएको महशुष हुनेछ । बिद्या तथा प्रतिस्पर्धामा अरु नै हावी हुनेछन् । माया प्रेममा नजिक हुन केहि समय लाग्नेछ । कार्यक्षेत्रमा सजक हुनुहोला,आलोचना गर्नेहरु सक्रिय हुनेछन् । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । मामा तथा मावली पक्षसँग मनमुटाव सिर्जना हुन सक्छ ध्यान दिनुहोला । सोमबार र मंगलबारको समय राम्रो रहेकोले राम्रा काम गरी अरुको विस्वास जित्न सकिनेछ । धैर्यधारण गरी काम गर्नाले कामहरु समयमा नै सम्पन्न हुनेछन् । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानीका स्रोतहरु बढाउँन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउँदै विजय भईनेछ । सञ्चार जगतमा,ईन्फर्मेसन टेक्नोलोजि, सफ्टवेयर डिजाईनिङ,स्टक एक्चञ्ज,चार्टर एकाउन्टेण्ट,ब्यापार,हास्य ब्याङग्य कलाकार,लेखक,साहित्यकार,राजदुत तथा चलचित्र क्षेत्रमा काम गर्नेहरुका लागी साताको समय शुभ रहनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
मंगलबार सम्मको समय मध्ययम रहेकोले आफन्त तथा साथी भाईसँग राय नमिल्दा दैनिक कामहरु प्रभावित हुन सक्छन् । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरुले काम गर्दा ध्यान दिनुहोला । निर्णय गर्न नसक्दा हातमा आईसहेको काम अरुले नै फुत्काउँनेछन् । घरजग्गा तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला विवाद तथा किचलो हुनसक्छ । बुधबारबाट बौद्धिक तथा प्राबिधिक ज्ञानको प्रयोग गरी काम गर्दा आम्दानी बढाउँन सकिनेछ । भौतिक सम्पति तथा विलाशी सम्पति उपाहारको रुपमा प्राप्त हुनेछ । अध्ययनमा अलि चनाखो हुदा प्रगति गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा प्रेम प्रश्ताव आउँनेछ । सन्तान तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । पानि सँग सम्बन्धित जलसेना,हाइड्रो ईन्जिनियर, पौडिबाज,तेल प्रसोधन, खेतिपाति, पशुपालन,कृषि, डेयरि प्रोडक्सन तथा प्रसासनिक क्षेत्रमा काम गर्नेहरुका लागी समय उत्तम रहेकोछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
साताको सुरु र अन्तको समय राम्रो रहेकोले आट,साहस तथा पराक्रममा बृद्धि हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागी समय फलदायि रहेकोछ । बुधबार र बिहीबारको समय मध्ययम रहेकोले घरजग्गा तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । आमा तथा आफन्तसँग मनमुटाव सिर्जना नहोला भन्न सकिन्न । व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोला केहि समय पर्खनु नै राम्रो हुनेछ । राजनीति तथा समाजसेवी हरुका लागी समय मध्ययम रहेकोछ । सेना,प्रहरि,गुप्तचर,सुरक्षासँगठन,उद्योग, ब्याबस्थापन,मेडिकल,राजनिति,प्यारामेडिकल क्षेत्र, रिशर्च,अध्यात्म, ज्योतिष प्रशासनिककार्य, जस्ता क्षेत्रमा काम गर्नेहरुका लागी समय उत्तम रहेकोछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
साताको सुरु र अन्तको समय मध्ययम रहेकोले आफन्त,छिमेकी तथा दाजुभाईसँग घरायसी कुरामा राय वाजिनेछ । छोटो तथा लामो दुरिको यात्रा गर्दा ध्यान दिनुहोला यात्रा कष्टकर पनि हुन सक्छ । आट,शाहस तथा पराक्रम गर्न नसक्दा आतमा आईसकेको काम अरुकै हातमा पर्नेछ । विवाद तथा न्यायीक निर्णयहरु तपाईको पक्षमा आउँने छैनन् । प्रेममा मनमुटाव तथा धोका हुनेछ । सोमबार र मंगलबारको समय उत्तम रहेकोले आफन्त तथा कुुटुम्बसँगको चिसिएको सम्बन्धमा सुधार आउँनेछ भने मिष्टान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ कामको प्रस्ताव आउँनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेमील जोडीहरुले रमाईलो ठाउँको यात्रा गरी दिन व्यातित गर्न सक्नेछन् । ब्यापार ब्याबसाय,बाणिज्य,लेखन,कलासाहित्य तथा सबै खाले प्राबिधिक ,कम्यूनिकेशन,अफिसर, वलिक, राजनितिक सल्लाहकार, शिक्षक आदि पेशा व्यावसायमा समय लगानी गर्नेहरुका लागी समय उत्तम रहेकोछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
साताको पहिलो दिन अर्थात आईतबारको समय मध्ययम रहेकोले दैनिक खर्च बढ्ने तथा आर्थिक व्यावस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । आफन्त तथा अपरिचीत व्याक्तिको विस्वास गर्नाले धोका पाईनेछ । स्वास्थ्यमा समस्या आउँने तथा उपचार खर्च बढ्नेछ । सोमबारबाट समय राम्रो रहेकोले नयाँ प्रबृधिको प्रयोग मार्फत रचनात्मक काम गरी मनग्गे धन आर्जन गर्नेछ । आफन्त तथा कुटुम्बको धन परिचालन गरेर आम्दानी बढाउँन सकिनेछ । बिछोड भएका सम्बन्धहरु पुनह सुचारु हुनेछन् । आफन्त तथा अग्रजहरुको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निबित बिश्वास बढ्नेछ । म्यानेजर,कूटनिति, परराष्ट्र,राजनिति,राजदुत वा यस्तै कार्यमा आफुलाई अब्बल साबित गर्दछन् । त्यसैगरि स्पेश ईन्जिनियर,खगोलबिज्ञान,जिनेटिक ईन्जिनियर,कपडा,कागज,प्रेस तथा मिडिजा जस्ता क्षेत्रमा यो साता शुभ रहकोछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
साताको सुरु र अन्तको समय राम्रो रहेकोले समाजमा राम्रा काम गर्न सकिने हुँदा ईज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । बन्द व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने मन प्रशन्न हुनेछ । नयाँ प्रबृधिको प्रयोग मार्फत आम्दानी बढाउँन सकिनेछ । राजनितिमा सबैलाई मिलाएर लान सकिने हुँदा पद प्राप्तीको योग रहेकोछ । परिवारका साथ रहेर मिठो मसिनो भोजन गर्ने अवसर जुर्नेछ । सोमबार र मंगलबारको समय मध्ययम रहेकोले खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्वन्धी समस्या बढ्न सक्छ ध्यान दिनुहोला । आफ्नै कमजोरीले विवाद तथा प्रतिस्पर्धामा अरुभन्दा पछी परिनेछ । शुभचिन्तक तथा आफन्तलाई बेवास्ता गर्दा दुख पाईनेछ । मन परेको मानिसबाट टाडिनु पर्दा मन खिन्न हुनेछ । न्याय संगत काम नगर्दा दण्ड तथा जरिवाना हुने योग रहेकोछ । कबि, दार्शनिक, लेखक, समालोचक,बिचारक तथा गुप्तचर जस्ता क्षेत्रमा सफलता प्राप्त हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
साताको सुरु र अन्तको समय मध्ययम रहेकोले व्यापार व्यावसायमा लगानी गरे पनि प्रतिफल भने ढिलामात्र प्राप्त हुनेछ । सरकारी साधन स्रोतको प्रयोग गर्दा ध्यान दिनुहोला काम बिग्रने हुनाले जरिवाना तिर्नु पर्ने हुन सक्छ । माया प्रेममा अविश्वास बढ्ने योग रहेकोछ । अध्ययनमा अली बढी समय लगानी गरे राम्रै नतिजा हात पार्न सकिनेछ । बुवा तथा अग्रजहरुको सहयागले राम्रा काम गर्न सकिनेछ । सोमबार र मंगलबारको समय राम्रो रहेकोले सानो लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने व्यापार व्यावसाय फस्टाएर जानेछ । मन परेको वस्तु प्रयोग गर्न पाईनाले मन प्रशन्न हुनेछ । बुवा तथा अग्रजहरुको धन तथा सम्पतिको प्रयोग गरी आए आम्दानी बढाउँन सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ । प्रशासन, शिक्षण, मेडिकल,केमिकल्स,उद्योग,भुउपग्रह, पत्रकारिता, होटल म्यानेज्मेन्ट,भाषा अनुबादक, कम्प्युटर सफ्टवेयर तथा हार्डवेयर तथा राज्यमा मन्त्रि जस्ता पदमा रहि काम गर्नेहरुका लागी साता राम्रो रहेकोछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
साता राम्रो रहेकोले दाम्पत्य सुख,प्रेम सम्वन्ध तथा पारिवारिक सम्वन्ध सुमधुर हुनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थनले राम्रा काम गर्न सकिनेछ । व्यापारमा लगानी वढाई प्रशस्त आम्दानी गर्न सकिनेछ । बौद्धिक,प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा बिशेष रुची बढ्नेछ । दार्शनिक विषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकी करण गरी लाभ लिन सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ । पढाइ लेखाइमा सहपाठी हरुलाई पछी पार्दै नतिजा आफैतिर ल्याउँन सकिनेछ । न्याधिस, ईन्जिनियर, डाईरेक्टर, संचालक, म्यानेजर,अध्यक्ष वा चिफ एक्जिक्युटिभ ब्याबस्थापन,मार्केटिङ, बिमा, एकाउन्ट,बैक तथा बित्तिय सस्था जस्ता क्षेत्रमा चाडै सफलता प्राप्त गर्दछन् ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
साताको सुरु र अन्तको समय मध्ययम रहेकोले अल्छि गर्ने बानिले काम बाकी रहनेछ भने शरिर स्वास्थ्य नहुनाले आलस्यता बढेर जानेछ । व्यापारमा लागनी गरीहाल्ने समय नरहेकोले केहि समय पर्खनुनै राम्रो हुनेछ । संकट व्यावस्थापनमा चालिएका कदमहरु निअर्थक हुनेछन् । गोप्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदिबहिनीहरुले पनि सहयोग गर्ने छैनन । सोमबार र मंगलबारको समय राम्रो रहेकोले सरकारी तथा प्रशासनिक काममा सम्मानजनक उपस्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगती भएर जानेछ । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको तय गर्न सकिनेछ । प्रेम तथा मित्रताको गाठो कसिलो भएर जानेछ । लेखन, साहित्य,कला, दर्शन,धर्म प्रचार, अन्तरिक्ष बिज्ञान, भुउपग्रह,भौतिक बिज्ञान, मिडिया तथा राजनितिमा लाग्नेहरुका लागी साता उत्तम रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
सातको सुरु र अन्तको समय उत्तम रहेकोले माया प्रेममा नजिक हुन सकिनेछ भने जीवन साथिको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । धर्म तथा अध्यात्ममा रुचि बढ्नेछ । बन्द व्यापार फस्टाएर जाने तथा नयाँ ठाउँमा लगानि गर्ने अवसर जुर्नेछ । व्यावसायकै शवालमा यात्रा हुनेछ । भौतिक सम्पती तथा विलाशी वस्तु प्राप्त हुने योग रहेकोछ । सोमबार र मंगलबारको समय मध्ययम रहेकोले खानपान तथा मौसमको ख्याल नगर्नाले स्वास्थ्यमा समस्या आउँन सक्छ । कार्यक्षेत्रमा आलोचना गर्नेहरु बढ्ने तथा काम बिग्रने भएले सताउँनेछ । व्यापार व्यावसायमा मन्दी आउँने तथा आम्दानी घट्नाले दैनिकी प्रभावित हुनेछ । प्रेममा धोका हुन सक्छ ध्यान दिनुहोला । इन्जिनियर,दूध तथा दूग्ध पदार्थ, जलसेना, गोताखोर, बैज्ञानिक शोधजस्ता क्षेत्रमा सफल मानिन्छन् । लेखन, साहित्य,कबिता, दर्शन ,कला तथा साहित्य, मनोरञ्जन, हास्य बिधा,अध्ययन अध्यापन, योग ध्यान,अध्यात्म जस्ता क्षेत्रमा समय लगानी गर्नेहरुका लागी समय उत्तम रहेकोछ ।
तपाईँको दिन शुभ रहोस ।
ज्योतिषी तारानाथ भण्डारी ।
०००
आजको राशिफल : वि.सं.२०७७ साल साउन १२ गते । सोमबार । ईश्वी सन् २०२० जुलाई २७ तारिख
वि.सं.२०७७ साल साउन १२ गते । सोमबार । ईश्वी सन् २०२० जुलाई २७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि–सप्तमी,०९ घडी ३८ पला,बिहान ०९ बजेर १६ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–चित्रा,२१ घडी १० पला,दिउसो ०१ बजेर ५३ मिनेट उप्रान्त स्वाती । योग– साध्य,४६ घडी ५९ पला,रातको १२ बजेर १२ मिनेट उप्रान्त शुभ । करण–वणिज,बिहान ०९ बजेर १६ मिनेट उप्रान्त भद्रा,बेलुकी ०८ बजेर ०२ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मुद्गर योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय ०५ बजेर २४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५४ मिनेट । दिनमान ३३ घडी ४३ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
माया प्रेममा एक अर्कालाई अबिश्वास बढ्ने तथा जीवन साथिसँग साना साना कुरामा राय बाजिनेछ । आए आर्जनका बाटाहरु साघुरा हुनेछन् भने व्यापार व्यावसायमा मन्दि आउनेछ । व्यावसायिक यात्रा हुने भएपनि यात्राका क्रममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । बिलाशि तथा भौतिक सम्पति प्रयोग गर्दा ख्याल गर्नहोला नराम्रा घट्नाहरु घट्न सक्छ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
समाजमा आफ्नो खुबि प्रयोग गरि नाम कमाउन सकिनेछ । बिवाद तथा प्रतिष्पर्धामा अरुलाई उछिन्दै तपाईको नाम अग्र स्थानमा आउनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने सत्रुहरु आफै किनारा लाग्नेछन् । व्यापार व्यावासायमा लगनशिल तथा ईमान्दारिताका साथ लाग्नाले मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । व्यापारकै शिलशिलामा लामो दुरियो यात्रा गर्न सकिनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
भोगबिलासका सामानहरु प्राप्त हुनेछन् भने आकस्मिक धन तथा सम्पति लाभहुँने योग रहेकोछ । अध्ययन अध्यापनको क्षेत्रमा भनेजस्तो प्रगति हुँने हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि हुनेछन् । सन्तान तथा आफन्तहरुले तपाईले शुरु गरेको व्यापार व्यावसायमा साथ तथा समर्थन दिनेछन् । माया प्रेममा रमाउँन चाहनेहरुका लागि आजको समय उत्तम रहेकोछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । घर जग्गा तथा गाडि घोडाको व्यावसायबाट केहिमात्रमा लाभ लिन सकिनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टायर जानेछ । मित्रहरुको लहै लहैमा लाग्नाले पढाई लेखाई कमजोर रहनेछ । साथिभाईहरुको गलत संगतले नकरात्मक सोचको बिकास हुनेछ भने नियम बिपरित काम गर्न उक्साउने हरु सक्रिय रहनेछन् ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
दाजुभाई तथा छिमेकिबाट तपाईले शुरु गर्नु भएको काममा उच्च मुल्याङकन हुनेछ । व्यापार व्यावसायमा लगानि बढाउदा भनेजस्तो आम्दानि हुनेछ भने आर्थिक स्थिति मजभुत हुने हुदा आवस्यक्ताहरु परिपुर्ति गर्न सकिनेछ । अदालत तथा न्यायिक निकायबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । माया प्रेममा रमाउने चाहने जोडिहरुका लागि समयले साथ दिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
अध्ययन तथा अनुशन्धनको क्षेत्रमा दिईएको समयबाट राम्रो तथा परिणाममुखि नतिजा हात लाग्ने हुँदा मन प्रशन्न रहनेछ । सानो प्रयत्नले महत्वपुर्ण कामहरु बन्नेछन् भने बोलेरै मनग्गे आम्दानि गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने पेशा व्यावसाय फस्टाएर जाने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । पारिवारिक माहोलामा जमघट भई मिठो मसिनो खाने अवसर जुर्ने हुँनाले मन पशन्न रहनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
राम्रा पहिरनले अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । नया प्रबिधिको प्रयोग मार्फत आफुलाई अब्बल साबित गर्न सकिनेछ । नयाँ कामको प्रस्ताब आउनेछ भने नया प्रकृतिको काम थालनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । परिवारका साथ मिष्टान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । धर्म तथा यस्तै कार्यक्रममा सहभागि हुने अवसर जुर्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
समयमा सचेत नहुदा आकश्मिक कामहरु बिग्रने तथा व्यापार व्यावसायमा घाटा लाग्नेछ । स्वदेशि उत्पादन भन्दा बिदेशबाट आयात गरिएका बस्तुहरुको बिक्रि बढ्नेछ भने लामो दुरिको बिदेश यात्रा गर्न सकिने समय रहेकोछ । पढाई लेखाईमा मन नजादा अरु भन्दा पछि परिनेछ । खानपान तथा मौषमको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । आफन्त तथा साथिभाईको सल्लाह तथा सुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आम्दानि भन्दा खर्च बढ्ने हुनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुनेछ । खराब साथिहरुको सल्लाह मान्दा कामहरु बिग्रने सम्भावना रहेकोछ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि साना तिना समस्याले पिरोल्ने भए पनि दैनिक कामकाजमा खासै असर गर्ने छैन । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिने चिन्ताले सताईरहनेछ । कामहरु समयमा सम्पादन नहुँने तथा व्यापार व्यावसायमा नाफा कमाउँन निकै संघर्ष गर्नु पर्नेछ
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरीको गतिलो सम्भावना रहेकोछ । स्रोत साधन जुट्नाले व्यापार व्यावसायमा सोचेभन्दा बढिनै आम्दानि हुनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति बलियो हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईले शुरु गरेको कामलाई सहयोग हुँनेछ भने पैत्रिक धन सम्पतिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । पुराना साथिभाई सँग भेटघाट गरि रमाईलो ठाउँमा स्वादिष्ट परिकारका साथ रम्न सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
खानपिनमा ध्यान नदिदा स्वास्थ्यमा समस्या देखा पर्न सक्छ । अरुतिरै ध्यान जादा वा अध्ययन अध्यापनमा समय दिन नसक्दा प्रतिष्पर्धिहरुभन्दा पछि परिनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न सकेमात्र दिन रमाईलो हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । सानो गल्ति गर्नाले ठुलो घाटा सहनु पर्नेछ भने नियम संगत काम नगर्दा दण्ड तिुर्नपर्ने हुन सक्छ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी तारानाथ भण्डारी ।