बाग्लुङमा पहिरोमा परी बेपत्ता भएका ट्याक्टर चालकको शव फेला,टिपर चालक अझै बेपत्ता

शनिबार राति बाग्लुङ नपा–१ रामरेखाको निरहेघाट नजिकैको सुख्खा पहिरामा परी बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ । पहिरामा ट्याक्टर पुरिँदा बेपत्ता भएका चालक रोशन भनिने धनबहादुर किसानको शव फेला परेको हो ।

बागलुङ नगरपालिका–५ मालिकाका २५ वर्षीय किसान शनिबार रातिको पहिरामा परी बेपत्ता भएका थिए । उनीसँगै बेपत्ता भएका अर्का एक टिपर चालकको खोजी भइरहेको प्रहरी निरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो । सुख्खा पहिरो झरिरहेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ । पहिरामा परी स्काभेटर, ट्याक्टर र टिपर पुरिएका थिए ।

दुई चालक सहित पुरिएको स्काभेटर, ट्रिपर र ट्याक्टरको उद्दारका लागि खटिएका ससस्त्र तथा प्रहरी टोली । बागलुङ नगरपालिका–१ रामरेखाको गणेशथान घुम्टी देखि निरयघाट सडकमा शनिबार राति खसेको सुख्खा पहिरोले पुरेको स्काभेटर, ट्रिपर र ट्याक्टर तथा दुई चालक समेत पुरेको छ। तस्वीर ः खेमराज गौतम, गलकोट ९बागलुङ० रासस