सुनको भाउ हाल सम्मकै महँगो

काठमाडौँ, ११ साउन । लकडाउन पछी उकालो लाग्न थालेको सुनको मूल्यले नया उचाई छोएको छ । आज आइतबार सुनको मूल्य प्रतितोला ९६ हजार तीन सय पुगेर अहिले सम्मकै उच्च रेकर्ड कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो शुक्रबार प्रतितोला ९५ हजार ८ सयमा कारोबार भएको सुन आज पाँच सयले बढेर नयाँ रेकर्ड कायम गरेको हो। त्यसैगरी चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

०००

प्रतिलिटर ९६ किलोमिटरको माइलेज दिने बजाजको यो मोटरसाईकल कोरोना पछी १२ हजार नगद छुटसंगै यति सस्तो मूल्य र सरल किस्तामा बिना ब्याज किन्न पाइने (मूल्य सहित)

काठमाडौं, १ साउन । नेपालमा सर्बाधिक बिक्रि हुने ब्राण्ड बजाजको सबै भन्दा धेरै माइलेज दिने मोटरसाइकल बजाज प्लाटिना विभिन्न अफार्का साथ बिक्रि भइरहेको छ । नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले कोरोना लकडाउन पछि बिशेष छुट र किस्तामा यो मोटरसाइकल उपलब्ध गराएको छ ।

कम्पनिले यो यो मोटरसाइकलको मूल्य १ लाख ६७ हजार ९०० रुपैयाँ निर्धारण गरे पनि नगद र ३० प्रतिशत डाउन पेमेन्ट गरेर किन्ने ग्राहकहरुलाई १२ हजार रुपैयाँ नगद छुट दिएको छ । यसरी छुटपछि ग्राहकले १ लाख ५५ हजार ९०० रुपैयाँको ३० प्रतिशत वापत ४६ हजार ७७० रुपैयाँ डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ भने १ लाख ९ हजार १३० रुपैयाँ कर्जा लिनु पर्छ । उक्त कर्जा वापतको रकम २ वर्ष भित्रमा तिरिसक्नु पर्ने हुन्छ ।

त्यसै गरि ५० प्रतिशत डाउन पेमेन्ट गरेर बाकी रकम एक वर्षमा किस्ता तिर्नेगरि विना व्याजमा पनि किन्न सक्ने छन् । यसरी किन्ने ग्राहकले नगद छुट भने पाउने छैनन् । साथै, २० प्रतिशत डाउन पेमेन्टमा पनि यो मोटरसाइकल किन्न सक्ने छन् । यो योजनामा मोटरसाइकल किन्नेले १६ प्रतिशत व्याज तिर्नु पर्ने हुन्छ ।

बजाज प्लाटिनाको बिशेषता

१०२ सीसी क्षमताको इन्जिन रहेको प्लाटिना बजाज कै सबै भन्दा धेरै माइलेज दिने मोटरसाइकल हो । यो मोटरसाइकलले प्रति लिटर ९६ किलोमिटर सम्म माइलेज दिने छ ।

१२ लिटरको इन्धन ट्याङ्की रहेको यस मोटरसाइकलले फुल ट्यांकीले १ हजार किलोमिटर भन्दा बढीको यात्रा गर्न सिने कम्पनिको दावी रहेको छ । सिंगल सिलिण्डर, एयरकुल्ड इन्जिन रहेको यसमा ४ स्पीड गियरबक्स रहेको छ ।

०००

कोभिड-१९ को असर पछी अत्यन्तै सस्तो मूल्यमा बिशेष अफर सहित यामाहाको १५० सिसी इन्जिन युक्त एसजेड आरआर १५० आयो बजार (मूल्य सहित)

काठमाडौं, २९ असार । यामाहा मोटोकोर्पको १५० सिसि सेग्मेन्टमा सबै भन्दा सस्तो मोटरसाइकल एसजेड आरआर १५० सीसी नेपालमा पनि बिक्री हुदै आएको छ । नेपालका लागी आधिकारिक वितरक एमएडब्ल्युले एसजेड आरआर १५० सीसी खरिद गर्नेलाई विभिन्न अफर पनि ल्याएको छ । हाल यसको बजार मूल्य २ लाख ३५ हजार ९०० रुपैयाँ  रहेको छ ।

कोरोना संक्रमण पछीको अवस्थालाई मध्यनजर गर्दै कम्पनिले विभिन्न फरक स्किम ल्याएको छ । अफर अनुसार एसजेड आरआर १५० शून्य प्रतिशत डाउन पेमेन्टमा किन्न सकिने छ । यस स्कीममा ग्राहकले ३ बर्षको किस्तामा मोटरसाइकल किन्न सकिने छ । यस योजनामा ग्राहकले ८ हजार ४११ रुपैयाँ मासिक किस्ता तिर्नु पर्ने हुन्छ । तर यसको लागि ग्राहक स्थानीय वासिन्दाअभाने हुनु पर्ने छ ।

त्यस्तै १० प्रतिशत डाउन पेमेन्ट गरेर पनि मोटरसाइकल किन्न सकिनेछ । तर स्थानीय बासिन्दाले मात्र १० प्रतिशत डाउन पेमेन्ट गर्न सक्नेछन् । यस स्किम अन्तर्गत पहिलो १२ किस्ता ८ हजार ८८० र बाँकी २४ किस्ता ६ हजार ७२८ रुपैयाँ का दरले ३६ महिनामा किस्ता तिर्नु पर्छ ।

त्यसैगरी अर्को २५ प्रतिशत डाउन पेमेन्ट गरेर पनि यो मोटरसाइकल किन्न सकिने छ। तर यस स्किममा भने अस्थाई बासिन्दाले पनि सजेड आरआर १५० खरिद गर्न सक्ने छन । २५ प्रतिशत डाउन पेमेन्ट गर्नेले ७ हजार १९४ रुपैयाँ मासिक किस्ता ३० महिना तिर्नु पर्नेछ ।

त्यस्तै शून्य प्रतिशत व्याजदरमा यो मोटरसाइकल किन्न चाहनेले ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्नेछ । बाँकी रकम ग्राहकले १ बर्ष भित्र बुझाउनु पर्ने हुन्छ । यसमा ग्रहकले ९ हजार ८२८ रुपैयाँका दरले १२ किस्ता बुझाउनु पर्छ ।

एसजेड आरआर १५० को बिशेष्ता

यामाहा एसजेड आरआर १५० एयर कुल्ड, ४ स्टोक, एसओएचसी, २ भल्भ १४९ सीसीको इन्जिन रहेको मोटरसाइकल हो । कार्बुरेटर इन्जिनले अधिकतम ७५०० आरपीएममा १२.१ पीएस पावर र ६००० आरपीएममा १२.८ एनएम टर्क प्रदान गर्दछ।

यसमा किक र सेल्फ स्टार्ट दुवै रहेको छ । अगाडि हाइड्रोलिक डिस्क र पछाडि ड्रम ब्रेक दिइएको आरआर १५० मा ५ स्पीड म्यानुयल गियरबक्स रहेको छ । अगाडि टेलिस्कोपिक फर्क र पछाडि स्वीङ आर्म सस्पेन्सन रहेको यस मोटरसाइकलमा यात्रा आरामदायी नै हुन्छ ।

१४ लिटरको फ्युल ट्यांक रहेको यस मोटरसाइकलले ५० किलोमिटर प्रति लिटर माइल्जे दिने कम्पनिले दावी गरेको छ । सिट हाइट ८०० एमएम रहेको यो मोटरसाइकलको कुल तौल भने १३४ किलोग्राम रहेको छ ।