बन्दाबन्दीको समयमा मानसिक तनावका कारण आ’त्मह’त्या बढ्यो

विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दीको समयमा नेपालमा दुई हजार २१८ जनाले आ’त्मह’त्या गरेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार चैत ११ देखि साउन ४ गतेसम्म बन्दाबन्दीको समयमा मात्र विभिन्न तवरबाट उक्त व्यक्तिले आ’त्मह’त्या गरेका हुन् । आ’त्मह’त्या गर्नेमध्ये पुरुष एक हजार १७२, महिला ८११, बालक ९४ र बालिका १४१ रहेका छन् ।

प्रहरीका अनुसार झु’ण्डिएर सबैभन्दा धेरै व्यक्तिले आ’त्मह’त्या गरेका छन् । झु’ण्डिएर एक हजार ८२८, वि’ष खाएर ३४६, हाम फालेर १९, डुबेर १२, हा’तह’तियारबाट आठ, आगो लगाएर चार र करेन्ट लगाएर एकजनाले आ’त्मह’त्या गरेका छन् । प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिरीक्षक निरजबहादुर शाही आ’त्मह’त्याको मुख्य कारण मा’नसिक त’नाव भएको बताउनुहुन्छ । “प्रहरीले बढ्दो आ’त्मह’त्याको दर रोक्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मानसिक स्वास्थ्य विभाग एवम् मनोपरामर्श दिने विभिन्न सङ्घ संस्थासँग समन्वय गरी आ’त्मह’त्या रोकथाम तथा न्यूनीकरणका काम गरिरहेको छ,”–उहाँ भन्नुहुन्छ ।

यस्तै, प्रहरीले आ’त्मह’त्या रोकथाम तथा न्यूनीकरणका लागि स्थानीय तह र सरोकारवाला निकायसँग समन्वय गरी जनचेतनामूलक कार्यक्रम सन्चालन, समुदाय प्रहरी साझेदारी अवधारणाअन्तर्गत आ’त्मह’त्या गर्नसक्ने लक्षित वर्गको पहिचान गरी आ’त्मह’त्या न्यूनीकरणसम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालन, नेपाल प्रहरीको सामाजिक सञ्जालमा आ’त्मह’त्या न्यूनीकरणका लागि सचेतनामुलक सामग्री सम्प्रेषण गरी आ’त्मह’त्याका घटनाको सूक्ष्म अनुसन्धान गरेको छ । रासस