आजको भारी वर्षाले देशभर गरेको विध्वंश हेर्नुहोस (फोटो फिचर)


तनहुँको शुक्लागण्डकी नगरपालिका– ७ शान्तिनगरमा पहिरोका कारण जेखिममा रहेको घर । त्यस आसपास क्षेत्रका आठ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । तस्वीर ः सानेबहादुर नेपाली÷रासस

लगातार तीन दिनसम्म परेको वर्षापछि वढेको नारायणी नदीको बहावले खतराको विन्दु नाघ्यो । नारायणगढ बजार नजिकैबाट सोमबार दिउँसो देखिएको नदीको दृश्य । तस्वीरः नारायण अधिकारी÷ रासस

लगातार तीन दिनसम्म परेको वर्षापछि वढेको नारायणी नदीको बहावले खतराको विन्दु नाघ्यो । नारायणगढ बजार नजिकैबाट सोमबार दिउँसो देखिएको नदीको दृश्य । तस्वीरः नारायण अधिकारी÷ रासस

महाकाली नदीमा बाढीसँगै बगेर आउने काठ एवं दाउरा सङ्कलन गर्न महाकाली नदीमा पुगेका कञ्चनपुरको भीमदत्तनगरपालिका–१३ का स्थानीयवासी । तस्वीरः शेरबहादुर सिंह÷रासस

अविरल वर्षाका कारण नदीमा आएको बाढीले तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित खानेपानी योजनाको कार्यालय भवन डुबानमा । तस्वीर ः कृष्ण न्यौपाने÷रासस

दार्चुलाको सदरमुकाम खलङ्गा नजिकै महाकाली नगरपालिका–५स्थित धौलीगाड खोलामा बाढी आउँदा महाकाली लोकमार्गको सडक अवरुद्ध । बाढीले लोकमार्गमा क्षति पु¥याएपछि सवारी साधन आवगमनमा समस्या भएको छ भने नमस्कार बस्ती जोखिममा परेको छ । तस्वीर ः नरेन्द्रसिह कार्की÷रासस

 

अविरल वर्षका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६, चार किलोमा खसेको पहिरो । पूर्ण रुपमा अवरुद्ध भएको सडकको पहिरो पन्छाइँदै । तस्वीरः कृष्ण आचार्य÷रासस

चितवन, तनहुँ र नवलपुरको सङ्गम पवित्र तीर्थस्थल देवघाटधाम । कोरोना भाइरस सङ्क्रणका कारण यसवर्ष देवघाटमा बोलबम मेला गर्न रोक लगाएपछि साउन महिनाको पहिलो सोमबार भक्तजनको सङ्ख्या न्यून देखिएको छ । तस्वीरः कृष्ण आचार्य÷रासस

पवित्र तीर्थस्थल देवघाटधामस्थित झोलुङ्गेपुल । बन्दाबन्दीका कारण यसवर्ष देवघाटमा बोलबम मेला गर्न रोक लगाएपछि भक्तजनको सङ्ख्या न्यून छ । तस्वीरः कृष्ण आचार्य÷रासस

बाजुराको बुढीगंगा नगरपालिका वडा नं २ को ताप्रीसेरा हुँदै बग्ने खट्टे खोलामा आइतबार राति आएको बाढीका कारण ताप्रीसेराको बस्ती जोखिमका साथै लाखौंको क्षति । तस्वीर ः गंगराज पण्डित, रासस

तनहुँको ऋषिङ गाउँपालिका–८ भैंसिकिलेमा सडकबाट खसेको पहिरो । डोजर प्रयोग गरी सडक खनिएका कारण पहिरो खस्दा एकै परिवारका पाँच जनाको निधन भएको थियो । तस्वीर ः कृष्ण न्यौपाने, रासस

प्रतिक्रिया दिनुहोस
Advertisement