कोरोना असर पछी अत्यन्तै सस्तो मूल्यमा बिशेष अफर सहित यामाहाको १५० सिसी इन्जिन युक्त एसजेड आरआर १५० आयो बजार (मूल्य सहित)

काठमाडौं, २९ असार । यामाहा मोटोकोर्पको १५० सिसि सेग्मेन्टमा सबै भन्दा सस्तो मोटरसाइकल एसजेड आरआर १५० सीसी नेपालमा पनि बिक्री हुदै आएको छ । नेपालका लागी आधिकारिक वितरक एमएडब्ल्युले एसजेड आरआर १५० सीसी खरिद गर्नेलाई विभिन्न अफर पनि ल्याएको छ । हाल यसको बजार मूल्य २ लाख ३५ हजार ९०० रुपैयाँ  रहेको छ ।

कोरोना संक्रमण पछीको अवस्थालाई मध्यनजर गर्दै कम्पनिले विभिन्न फरक स्किम ल्याएको छ । अफर अनुसार एसजेड आरआर १५० शून्य प्रतिशत डाउन पेमेन्टमा किन्न सकिने छ । यस स्कीममा ग्राहकले ३ बर्षको किस्तामा मोटरसाइकल किन्न सकिने छ । यस योजनामा ग्राहकले ८ हजार ४११ रुपैयाँ मासिक किस्ता तिर्नु पर्ने हुन्छ । तर यसको लागि ग्राहक स्थानीय वासिन्दाअभाने हुनु पर्ने छ ।

त्यस्तै १० प्रतिशत डाउन पेमेन्ट गरेर पनि मोटरसाइकल किन्न सकिनेछ । तर स्थानीय बासिन्दाले मात्र १० प्रतिशत डाउन पेमेन्ट गर्न सक्नेछन् । यस स्किम अन्तर्गत पहिलो १२ किस्ता ८ हजार ८८० र बाँकी २४ किस्ता ६ हजार ७२८ रुपैयाँ का दरले ३६ महिनामा किस्ता तिर्नु पर्छ ।

त्यसैगरी अर्को २५ प्रतिशत डाउन पेमेन्ट गरेर पनि यो मोटरसाइकल किन्न सकिने छ। तर यस स्किममा भने अस्थाई बासिन्दाले पनि सजेड आरआर १५० खरिद गर्न सक्ने छन । २५ प्रतिशत डाउन पेमेन्ट गर्नेले ७ हजार १९४ रुपैयाँ मासिक किस्ता ३० महिना तिर्नु पर्नेछ ।

त्यस्तै शून्य प्रतिशत व्याजदरमा यो मोटरसाइकल किन्न चाहनेले ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्नेछ । बाँकी रकम ग्राहकले १ बर्ष भित्र बुझाउनु पर्ने हुन्छ । यसमा ग्रहकले ९ हजार ८२८ रुपैयाँका दरले १२ किस्ता बुझाउनु पर्छ ।

एसजेड आरआर १५० को बिशेष्ता

यामाहा एसजेड आरआर १५० एयर कुल्ड, ४ स्टोक, एसओएचसी, २ भल्भ १४९ सीसीको इन्जिन रहेको मोटरसाइकल हो । कार्बुरेटर इन्जिनले अधिकतम ७५०० आरपीएममा १२.१ पीएस पावर र ६००० आरपीएममा १२.८ एनएम टर्क प्रदान गर्दछ।

यसमा किक र सेल्फ स्टार्ट दुवै रहेको छ । अगाडि हाइड्रोलिक डिस्क र पछाडि ड्रम ब्रेक दिइएको आरआर १५० मा ५ स्पीड म्यानुयल गियरबक्स रहेको छ । अगाडि टेलिस्कोपिक फर्क र पछाडि स्वीङ आर्म सस्पेन्सन रहेको यस मोटरसाइकलमा यात्रा आरामदायी नै हुन्छ ।

१४ लिटरको फ्युल ट्यांक रहेको यस मोटरसाइकलले ५० किलोमिटर प्रति लिटर माइल्जे दिने कम्पनिले दावी गरेको छ । सिट हाइट ८०० एमएम रहेको यो मोटरसाइकलको कुल तौल भने १३४ किलोग्राम रहेको छ ।