दिपा श्री आकाश तिर नथुक, राजेश हमाल महानायक मात्र हैन हाइली इन्टेलेक्चुअल व्यक्ति पनि हो : निर्माता निर्देशक युवराज लामा (भिडियो)

काठमाडौँ । राजेश हमाल नेपालका एक चर्चित अभिनेता हुन्। उनलाई दर्शकले महानायकको उपाधि समेत दिदै आएका छन । उनको पहिलो र सफल चलचित्र युगदेखि युगसम्म हो।

उनलाई नेपाली चलचित्र उद्योगमा व्यवसायिकता ल्याउन प्रमुख भूमिका रहेको व्यक्तिका रूपमा पनि लिइन्छ। राजेश हमालले २ दशक भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरिसकेका छन्। पछिल्लो ३ वर्ष भने अभिनेता हमालले नेपाली चलचित्रमा अभिने गरेका छैनन् ।

उनले नेपाली चलचित्र क्षेत्रमा गरेको योगदानको लागि धेरै पुरस्कारहरूले सम्मानित भइसकेका छन्। जसमा राष्ट्रिय चलचित्र पुरस्कार (१९८८-२०१४) रहेको छ। उनलाई यसै कारण महानायक भन्ने गरिएको छ। अभिनय क्षेत्र बाहेक समाजसेवामा पनि उनको सहभागिता रहेको छ। तर उनले अन्य कलाकार जस्तो सामाजिक संजालमा देखाउने र प्रचार गर्ने गरेका छैनन।

यसै बीच अभिनेत्री दिपा श्री निरौलाले एक अन्तर्वार्ताको क्रममा अभिनेता हमाल प्रति व्यक्ति गरेको अभिव्यक्तिले चलचित्र नगरीमा बहस सृजना भएको छ । दिपाश्रीले हमाल वासतविक रुपमा महानायक नभएको अभिव्यक्ति दिएकी थिइन । उनको उक्त अभिव्यक्तिसगै दिपाश्री माथि सर्बसाधारण खनिएका छन । त्यसपछि दिपाश्रीले स्पष्टिकरण दिदै माफी समेत मागी सकेकी छन ।

एक समय आफ्नो ९ वटा चलचित्रमा अभिनय गरेका राजेश हमालका निर्माता निर्देशक तथा कलाकार युवराज लामा पनि मिडियामा आएका छन । दिपाश्रीले राजेश हमाल प्रति दिएको अभिव्यक्ति गलत भएको भन्दै दिपा श्रीलाई आकाश तिर नथुक्न आग्रह समेत गरेका छन । पुरा भिडियो हेर्नुहोस :

यहि विषय उत्कर्षमा पुगेपछि स्वयम् अभिनेता राजेश हमाल पनि मिडियामा आएका छन । यस विषयमा दिपा श्रीलाई जवाफ पनि फर्काएका छन । भिडियो हेर्नुहोस ।