अन्तत भुवन आए साम्राज्ञीलाई जवाफ दिन युट्युब मै (भिडियो)
काठमाडौँ, १५ असार । बलिवुड अभिनेता सुशान्त सिंह राजपूतको निधनसंगै बलिवुडसंगै नेपाली फिल्म इन्डस्ट्रीमापनि यसको बहस भयो । यस बीच कलाकारहरुको धेरै अभिव्यक्तिहरु सार्बजनिक भएपनि अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले गत शुकाबर आफ्नो इन्स्टाग्राममा शेयर गरेको भिडियोले नेपाली फिल्म इन्डस्ट्रीमा मै एक तरङ्ग ल्याएको छ ।
शाहले फिल्मको सुटिङ सेटमा कलाकारमाथि निर्माता/निर्देशकले गर्ने नराम्रा व्यवहारको बारेमा आफ्ना भोगाईहरु बताउदा अभिनेता भुवन केसीले गतिलो जवाफ फर्काउदै भने – ‘‘सामाजिक सञ्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नि, जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ । त्यति मात्र हैन भुवनले साम्राज्ञीलाई ‘ड्रिम्स’ को नाम बेचेर अहिलेसम्म खाइरहेको आरोप समेत लगाए ।
तत्पश्चात साम्राज्ञीले आज पुन: अर्को भिडियो शेयर गर्दै भुवन केसीको नाम उचारण नगरी उनलाई गम्भीर आरोप लागेकी छन । ‘त्यो स्ट्याटस लेख्ने व्यक्तिले जापानमा अवार्ड कार्यक्रम हुँदा नै बाबा हेर तँ त मेरो प्रोडक्ट हो। त्यो पुरानो कुरा कोट्याएर के फाइदा । यस्तो कुराहरु नगर भनेर मलाई सम्झाउनु भयो,’ उनले गम्भीर मुद्रामा भनेकी छन्, ‘भित्र मलाई घिन लागिरहेको थियो । त्यो कुरा गर्दा पनि टाँस्सिएर, फेरि त्यही व्यवहार । त्यही परभर्ट व्यवहार । गालामै मुख ल्याएर बोलिरहेको थियो । उहाँलाई अंकल भनेको पन पर्दैन । हस दाई भन्दै धकेलिदिएँ । म जे बोल्दै छु यो सबै सत्य हो।’
आफूले भोगेका यी व्यवहार सार्वजनिक गर्नु राम्रो वा नराम्रो थाहा नभएपनि आफूलाई राम्रो महशुस भएको बताएकी छिन्।
सम्राज्ञीको गम्भीर आरोप पछी अन्तत भुवन केसी मिडियामा आएका छन ।
भिडियो हेर्नुहोस :
अभिनेत्री शाहले यसरी आरोप लगाएकी थिइन :