राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न प्रधानमन्त्री केपी ओली शीतल निवासमा, मन्त्री र राज्यमन्त्रीहरुलाई बालुवाटार बोलाइयो

काठमाण्डाै, २० असार । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । त्यस्तै पार्टीभित्र आन्तरिक विवाद चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई साँझ ७ बजे बालुवाटार बोलाएका छन्।

प्रधानमन्त्रीले मन्त्री र राज्यमन्त्रीहरुबाट सल्लाह लिने र सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउने हिसाबले छलफल गर्ने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । यो मन्त्रिपरिषद् वा अरू मिटिङ हो भन्ने बारेमा भने प्रष्ट पारिएको छैन ।

दल विभाजन सम्बन्धि अध्यादेश ल्याउने चर्चा चलिरहेका बेला प्रधानमन्त्री ओली भने राष्ट्रपतिलाई भेट्न पुगेका हुन् । गत बिहीबारमात्रै सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको चालु अधिवेशन अन्त्य गरेकी थिइन् ।