बालिकालाई ज’बर्जस्ती करणी गर्नेलाई २४ वर्ष कै’द

ज’बर्जस्ती करणी मुद्दाका एक अ’भियुक्तलाई तनहुँ जिल्ला अदालतले २४ वर्ष कै’द फै’सला सुनाएको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले दुई बालिकालाई ज’बर्जस्ती करणी अभियोगमा रौतहट गढीमाई नगरपालिका–५ बस्ने नुरमहम्मद अन्सारीलाई २४ वर्ष कै’दको फै’सला सुनाएको हो ।

तेह्र र १५ वर्षीय बालिकालाई ज’बर्जस्ती करणी गरेको अ’भियोगमा अदालतले निजलाई एउटा मुद्दामा १८ वर्ष कैद, ५० हजार जरिवाना तथा अर्को मुद्दामा १२ वर्ष कै’द र २५ हजार जरिवानाको फै’सला सुनाएको हो । यद्यपि एउटै व्यक्तिले समान प्रकृतिका दुई क’सुर गरेकाले एकीकृत फै’सलाअनुसार निजलाई २४ वर्ष कै’द र ७५ हजार जरिवानाको फै’सला भएको जिल्ला अदालत तनहुँका स्रेस्तेदार विदुर उपाध्यायले जानकारी दिनुभयो ।

पोखरा घर भएका दुई युवतीलाई अभियुक्तले तनहँुमा ल्याई जब’र्जस्ती करणी गरेको अ’भियोगमा परिवारले कास्की प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको थियो । घटनास्थल तनहुँ भएकाले निजविरुद्ध तनहुँ जिल्ला अदालतबाट मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

यसैगरी १४ वर्षीय बालिकालाई ज’बर्जस्ती करणी गरी बालविवाह गरेको अ’भियोगमा जिल्ला अदालत तनहुँले अ’भियुक्तलाई दुई वर्ष कै’दको फै’सला गरेको छ । जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले मुख्य अभियुक्त बन्दीपुर गाउँपालिका–१ का नवीन अर्जेललाई दुई वर्ष छ महिना कै’द र रु पाँच हजार जरिवानाको फै’सला गरेको हो ।

साथै मुख्य अभियुक्त अर्जेलबाट पी’डित बालिकालाई रु ५० हजार क्षतिपूर्ति दिलाइने आदेश भएको जिल्ला अदालत तनहुँका स्रेस्तेदार उपाध्यायले जानकारी दिनुभयो । सोही अभियोगमा बन्दीपुर गाउँपालिका–१ बस्ने सुकुमाया अर्जेललाई तीन महिना कैद र रु तीन हजार जरिवाना, व्यास नगरपालिका–१२ बस्ने सन्तोष सुनारलाई तीन महिना कै’द र रु तीन हजार जरिवाना र सोही ठाउँ बस्ने सविना सुनारलाई तीन महिना कैद र रु तीन हजार जरिवानाको फै’सला भएको छ । चार जनाविरुद्ध विसं २०७६ जेठ ६ गते ज’बर्जस्ती करणी र बालविवाह मु’द्दामा अदालतमा मुद्दा दर्ता भएको थियो । उक्त मु’द्दाको सात पटक पेशी सरेको थियो । रासस