भोकमरी निम्त्याउने सलह किरा नेपाल प्रवेश गर्‍यो

काठमाडौं,१३ असार । नेपालमा सलह किरा (फट्याङग्रा) भित्रिएको छ । नेपालको बारा र सर्लाही लगायत जिल्लाहरुमामा अनिकाल निम्त्याउने सलह किरा भेटिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

बारा र पर्सामा सलह किरा देखिएको खबर प्राप्त भएको तर के कति क्षति भए नभए भन्ने बारे जानकारी आईनसकेको मन्त्रालयले जनाएको छ।