काठमाडौँमा थप ९ जनामा कोरोना संक्रमण

काठमाडौं, ११ असार । आज काठमाडौं उपत्यकामा भित्र थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफमा यसको पुष्टि भएको हो ।

संक्रमितहरुमा काठमाडौंका ४ जना, भक्तपुरका ४ जना र ललितपुरका १ जना रहेका छन।

मन्त्रालयका अनुसार कोरोना भाइरस कोभिड-१९ बाट गत २४ घन्टामा ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ११ हजार १ सय ६२ पुगेको छ।