कोरोना सङक्रमित महिलाको व्यवस्थापन गर्दै नेपाली सेनाको टोली (फोटो फिचर)
नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएकी कैलालीकी कोरोना सङक्रमित महिलाको शव बर्दियाको मानखोलास्थित ढकेरी जङ्गलमा व्यवस्थापन गर्दै नेपाली सेनाको टोली । सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ र नेपाली सेनाका कर्णेल नकुल थापाको पनि सहभागिता थियो ।
तनहुँको व्यास नगरपालिका–१२ भड्खालाका किसानलाई चैतेधान थन्क्याउन चटोरो । चैतेधान भित्र्याए लगतै असारे धान लगाउन किसान हतारमा छन् । तस्वीर ः कृष्ण न्यौपाने÷ रासस
तीन वर्षदेखि अलपत्र अवस्थामा रहेको जुम्लाको जिल्ला समन्वय समितिको सभाहल । तत्कालीन जिल्ला प्राविधिक कार्यालयले निर्माण कार्य थालनी गरेको सभाहल सङ्घीयतापछि कार्यालय खारेजीमा परेकाले अलपत्र परेको हो । तस्वीरः मानदत्त रावल÷रासस