सुशान्तको प्रेमिका रिया चक्रवर्ती रुदै पुगिन सुशान्तको पार्थिव शरीर राखिएको अस्पताल (भिडियो)


एजेन्सी, १ असार । बलिवुड अभिनेता सुशान्त सिंह राजपुतको प्रेमिका तथा अभिनेत्री रिया चक्रवर्ती सुशान्तको पार्थिव शरीर राखिएको कुपर अपटल पुगेकी छन । अभिनेता सुशान्तलाई हिजो आइतबार मुम्बई स्थित आफ्नै घरमा पासो लगाएको अवस्थामा भेटिएको थियो ।

उनीहरु बीच प्रेम भएको समाचारहरु आइरहे पनि उनीहरु आफैले भने यसको बारेमा बोलेका थिएनन । तर यी जोडीलाई धेरै पटक रोमान्स गर्दै गर्दा भेटिएको थियो । आज सुशान्तको पार्थिव शरीरलाई हेर्न जादा उनलाई भावविह्वल देखिएको थियो । उनि प्लेन सेतो पहिरनमा आफ्ना केहि सहयोगी सहित त्यहाँ पुगेकी थिइन ।

रियाले तेलुगु चलचित्र तुनिंगा तुनिंगा र बलिवुड चलचित्र मेरे ड्याडकी मारुती, सोनाली केवल, हाल्फ़ गर्लफ्रेन्ड, बैंक चोर, जलेबी लगायतका चलचित्रमा अभिनय गरेकी छन ।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस
Advertisement