बलिवुड अभिनेता सुशान्त सिंह राजपुतको ह त्या भएको आशंका

एजेन्सी, १ असार । हिजो आइतबार आ त्मह त्या गरेका भनिएका भारतीय कलाकार सुशान्तसिंह राजपुतले आ त्मह त्या गरेको नभई उनको ह त्या गरिएको आशंका परिवारले गरेका छन् । उनका परिवारले राजपुतले आ त्मह त्या गरेको नभएर उनको ह त्या गरिएको भन्दै अ नुसन्धान गर्न प्रहरीसमक्ष आग्रह गरेका छन् ।

कैयौँ चलचित्रमा खेलेका राजपुत आइतबार मुम्बई बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा झु ण्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीले पनि उनको आ त्मह त्या भएको बताएको थियो । तर राजपुतका मामा आरसी सिंहले सोमबार भनेका छन्- ‘उनले आ त्मह त्या गरेको भन्ने बारेमा हाम्रो विश्वास छैन, हामी परिवारका सदस्यहरुले यसको वि रोध गरेका छौँ, उनको ह त्या भएको छ प्रहरीले राम्रोसँग अ नुसन्धान गरोस् ।’

बिहारका प्रहरी कमिसनर मनोज सिंहले भने घटनाको प्रकृति हेर्दा अहिलेसम्म आ त्मह त्या नै गरेको जस्तो देखिएको बताएका छन् । भारतीय चलचित्र क्षेत्रका नायक राजपुतका मामा तथा आफन्तहरुले उनले आ त्मह त्या गर्ने कुनै कारण नरहेको भनेका छन् भने प्रहरीले आ त्मह त्या गरेको बारेमा कुनै सु साइड नोट पनि नभेटिएको बताएको छ । –एएनआई

०००

करिब ६ वर्ष लिभइन रिलेसनमा बसेका पुर्वप्रेमी सुशान्तले आ त्मह त्या गरेको खबर सुनेर अंकिताले दिइन यस्तो प्रतिक्रिया

एजेन्सी, ३२ जेठ । बलिवुड अभिनेत्री अंकिता लोखन्डेले पुर्वप्रेमी सुशान्त सिंह राजपुतले आ त्मह त्या गरेको खबर सुनेर स्तब्ध भएकी छन । मिडिया रिपोर्टका अनुसार जब अंकितालाई यो दुखद खबर सुनाइँयो उनले चिच्याउदै फोन राखेकी थिइन । तर अहिले सम्म उनले सामाजिक संजालमा कुनै प्रतिक्रिया दिइसकेकी छैन ।

चर्चित टीभी सिरियल ‘पवित्र रिश्ता’ बाट चर्चामा आएका यी जोडी रियल लाइफमा पनि करिब ६ वर्षा लिभ इन रिलेसनमा रहेका थिए । पछी उनीहरुको सम्बन्ध बिग्रिएपछि ब्रेकअप भएको थियो । सुशान्तसिंह राजपुतले मुम्बईको बान्द्रास्थित आफ्नै घरमा उनले आइतबार पा सो लगाएर आ त्मह त्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

राजपुतले सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए। सुशान्त अभिनित ‘केदारनाथ’, ‘छिछोरे’, ‘एम.एस धोनी’, ‘पिके’, ‘शुद्ध देसी रोमान्स’, ‘सोनचिडैया’ लगायतका फिल्म प्रदर्शनमा आएका छन् । फिल्म अगाडि उनी टेलिभिजनमा चर्चित सिरियल पबित्र रिस्ताबाट चर्चित थिए ।

राजपुतले चर्चित भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिकमा मुख्य भूमिका निभाएका थिए। त्यस्तै उनि डान्स रियलिटी शो ‘जरा नच के दिखा २ र झलक दिखला जा ४ मा पनि देखिए।

३४ वर्षीय राजपुतले पछिल्लो समय ‘केदारनाथ’ फिल्ममा अभिनय गरेका थिए। उनका साथीले आज तकलाई बताए अनुसार उनी पछिल्लो ६ महिनादेखि डिप्रेसनको शिकार थिए ।  राजपुत लकडाउनको समयमा बान्द्रास्थित अपार्टमेन्टमा एक्लै बस्ने गर्थे। उनी डि प्रेसनमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। प्रहरी उनको अपार्टमेन्ट पुगिसकेको छ। पोस्टमार्टम भने हुन बाकी छ ।

उनले आ त्मह त्या गर्नु अगाडी आफ्नो इन्स्टाग्राममा आमालाई सम्झिदै अन्तिम पोस्ट यस्तो गरेका थिए ।

एमएस धोनी चलचित्रमा सुशान्तको बुबाको भूमिकामा अभिनय गरेका अनुपम खेरले उनको निधनको खबर सुनेपछि गहभरी आशु पार्दै सामाजिक संजाल मार्फत यस्तो संदेश दिएका छन ।

सुशान्तको मृत्यु पछि खिचिएको तस्विर यतिबेला सामाजिक संजालमा भाइरल भइरहेको छ ।

सुशान्तको केहि तस्विरहरु :