काठमाडौँ उपत्यका भित्रिन थप कडाइ, अनुमति अनिवार्य

काठमाडौँ, ३२ जेठ । सरकारले काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गरेको छ। काठमाडौं बाहिरबाट उपत्यका प्रवेश गर्न चाहनेले यहाँ आफू बसोबास गरिसकेको नगरपालिकाको अनुमति चाहिने व्यवस्था आइतबार गृह मन्त्रालयमा बसेको बैठकले गरेको हो ।

उपत्यकाबाट प्रवेश अनुमति पाएपछि आफू रहेको जिल्लाको प्रशासन कार्यालयमा सवारी पासकालागि निवेदन दिनुपर्नेछ । त्यहाँबाट सवारी पास पाएपछि मात्र उपत्यकामा प्रवेश दिइने गृह मन्त्रालले निर्णय गरेको छ । त्यसैगरी काठमाडौँ उपत्यकाबाट बाहिर जानेले पनि अत्याश्यक काम खुल्ने कागजात पेश गरेर सवारी पास लिन सक्ने छन ।

काठमाडौँ उपत्यकाका तिन जिल्ला भित्र भने कुनै पास बिना जोर बिजोर प्रणालीमा आवत जावत गर्न मिल्ने यस अघि नै घोषणा भएको छ ।

सूचना तल हेर्नुहोस :