‘नबिर्सौं वीरताको गाथा’ सार्वजनिक
काठमाडौँ, २९ जेठ । सञ्चारकर्मी चूरामणि खनालले नेपाली वीरताको इतिहास र गौरवपूर्ण विगतको स्मरणमा राष्ट्रिय गीत सार्वजनिक गर्नुभएको छ ।
‘नबिर्सौं वीरताको गाथा’ शीर्षकको सो गीतको शब्द र सङ्गीत उहाँकै रहेको छ । आवाजमा उहाँलाई मनिका विश्वकर्माले साथ दिनुभएको छ ।
बूढासुब्बा म्युजिक कम्पनीमार्फत सार्वजनिक सो गीतमा पुर्खाले देखाएको वीरता सम्झिएर नेपालको सीमा रक्षा गर्नुपर्ने भाव रहेको छ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा सार्वजनिक गरेलगत्तै सार्वजनिक भएको गीतमा सीमा रक्षाका लागि नेपालीलाई अपिल समेत गरिएको छ ।
यो आफ्नो पहिलो गीत राष्ट्रिय गीत भएको र आगामी दिनमा पनि राष्ट्रभक्तिका सिर्जनामा लागिरहने सर्जक चूरामणि खनालले बताउनुभयो ।