गंगा चौधरी र सरिता गिरीको संसद बाहिर पनि भयो चर्काचर्की (भिडियो)

काठमाडौं, २४ जेठ । संसदमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले हिन्दि भाषा मै नेपालले नक्सा सार्बजनिक गर्नु अगाडी भारतसंग सल्लाह गर्नु पर्ने कुरा गरेपछि सत्तारुढ दल नेकपाकी सांसद गंगा चौधरी सतगौवाले खरो जवाफ फर्काएकी छन । उनले संसद मै भारतीय चेलीको दादागिरी चल्न थालेको टिप्पणी गरेपछी यी दुवैको संसद मै जुहारी चलेको थियो ।

आफ्नो भुमिको नक्सा निकाल्न कसैलाई सोध्नु नपर्न, प्रधानमन्त्री केपी शर्मा ओलीले यो हिम्मत गरेकोमा सबैले सम्मान गर्नु पर्ने गंगा चौधरी बताउछिन । यी दुईको सांसद संसद भित्र मात्र हैन संसद बाहिर पनि एक अर्कामा घम्साघम्सी चलेको छ ।

भिडियो हेर्नुहोस :

०००

रुपाले एनिभर्सरी कै दिन कृष्णलाई दिइन खुसीको खबर (तस्विरसहित)

काठमाडौं, २४ जेठ । बिजुलीको करेन्टले हात खुट्टा गुमाएर संघर्षको जीवन जीईरहेका कृष्ण ओली र रुपा मगर सामाजिक संजालमा सक्रिय जोडी हुन् ।

उनीहरुको संगर्षशिल जिन्दगिले मात्र हैन एक आपसको प्रेमले धेरैलाई प्रेरणा दिन्छ । दुवै हात र खुट्टा गुमाएका कृष्ण ओलीलाई अझ बढी माया गरेर रुपाले माया के हो भन्ने अर्थ दिरहेकी छिन ।

यसै बीच उनीहरुले विवाह गरेको तिन वर्ष भएको छ । यहि अवसरमा रुपाले अर्को खुसीको खबर पनि तस्विरमार्फत दिएकी छन । रुपाले आफु आमा बन्न लागेको तस्विरमार्फत आफ्ना शुभचिन्तकलाई बताएकी छन ।

हजारौको साथ र माया पाएका कृष्ण रुपालाई शिशुको बाबा ममी हुन लागेकोमा बधाई पनि दिएका छन । तस्विरहरु ।

तस्विर : रुप मगरको फेसबुकबाट