क्वारेन्टिनमा त’नाव हुन नदिन मनोपरामर्श

कैलालीको गौरीगङ्गा नगरपालिका–९ ले क्वारेन्टिनमा रहेकालाई मानसिक त’नाव हुन नदिन मनोपरामर्श दिन शुरुआत गरेको छ ।

क्वारेन्टिनमा रहँदा मनमा विभिन्न कुरा खेलिरहँदा मानसिकरूपमा त’नाव पैदा हुनसक्ने र यसले दीर्घकालीनरूपमा समेत असर पु¥याउने अवस्थालाई ध्यान दिँदै मनोपरामर्शको शुरुआत गरिएको वडाध्यक्ष अध्यक्ष हरिप्रसाद तिवारीले जानकारी दिनुभयो ।

“हामीले वडामा रहेका तीनवटै क्वारेन्टिनमा परामर्श दिन शुरु गरेका छौँ, “यसले गर्दा क्वारेन्टिनमा बस्नुभएकाहरुमा थोरै भए पनि ऊर्जा थपिएको छ”, उहाँ भन्नुहुन्छ । स्थानीय युवाहरू क्वारेन्टिन व्यवस्थापनदेखि जोखिम हुन नदिन वडासँगै हातेमाले गरेर गाउँगाउँमा चेतना फैलाउनसमेत लागिरहेको उहाँले बताउनुभयो । “क्वारेन्टिनस्थलमा बसिरहँदा आफूलाई कोरोना नै भएको छ”, “लकडाउनका कारण रोजगारी गुमाएर बसिरहेको हुनाले परिवारमा आर्थिक बोझ आउँछ, लगायतका कुरा सोचेर तनाव लिएर बसेकालाई आत्मबल बढाउन मद्दत पु¥याउने हेतुले परामर्श दिइएको हो”, मनोविर्मशकर्ता सीता भण्डारी भन्नुभयो ।

उहाँले तनाव व्यवस्थापन गर्न सामाजिक सञ्जालमा आएका अपूर्ण र अविश्वसनीय समाचारहरू हेर्न र सुन्न बन्द गर्न, शारीरिक व्यायाम तथा ध्यान गर्न, स्वस्थ र सन्तुलित भोजन गर्न, धुमपान र मद्यपानबाट टाढै रहन, पर्याप्त मात्रामा सुत्ने, आफूलाई मनपर्ने र ऊर्जाशील क्रियाकलापमा समयको सदुपयोग गर्न साथीभाइ तथा आफ्नो नजिकको मान्छेहरूको निरन्तर सम्पर्कमा बस्न आग्रह समेत गर्नुभयो ।

गौरीगङ्गा नगरपालिकाका प्रमुख भीम देउवाले नगरपालिकाका हरेक क्वारेन्टिनमा मनोपरामर्श सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँले सङ्कटको घडीमा एकले अर्कालाई मद्दत गर्न आग्रह समेत गर्नुभयो ।