रक्षा गरौं सिमाको अब, तब बन्छ राष्ट् (भिडियो)

काठमाडौँ । लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय लोकप्रिय गायक रामचन्द्र काफ्लेले रक्षा गरौं सिमाको अब ,तब बन्छ राष्ट्र बोलको राष्ट्रप्रेमले ओतप्रोत गीतको भिडियो सार्वजनिक गरेका छनु ।

पछिल्ला दिनमा भारतले नेपाली सीमानामा देखाएको दानवीय ब्यबहारका कारण सारा नेपालीलाई नै जागरुक बनाउँदै गायक काफ्लेले रक्षा गरौं सिमाको अब ,तब बन्छ राष्ट्र भन्दै आव्हमन गरेका हुन् । गायक काफ्लेकै संगीतमा तयार भएको गीतमा जुनु रिजालको स्वर रहेको छ भने गीतका शब्द सुरेन्द्र केसीका हुन् ।

भिडियोमा हरिवंश आचार्य, शिवहरि पौडेल, किरण केसी, पूजा शर्मा, युवराज चौलागाई,आकाश श्रेष्ठको अभिनय रहेको छ । त्यस्तै भिडियोमा फिलिप डिसी, सुवास रेग्मी, हरि बहादुर थापा, रुपक डोटेल, अनिल थापा, निरज काफ्ले, दिपेन्द्र ढकाल, जोनिश खनाल, बिनोद क्षेत्री, कृष्णराम वस्ती, लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

दिपेन्द्र केसीको निर्देशन रहेको भिडियोबाट आँफुले धेरै नै आशा गरेको गायक काफ्लेले बताएका छन् । भिडियो युट्युवमा सार्वजनिक गरे लगत्तै राम्रो चर्चा पाइरहेको छ ।