जर्ज फ्लोयडको मृत्यु पछी सुरु भएको प्रदर्शनले अमेरिकामा उग्र रुप लिदै, गत राति न्युयोर्कमा प्रहरी भ्यान जलाउनुको साथै पसलहरु तोडफोड गरि लुटपाट (भिडियो)

एजेन्सी, २१ जेठ ।  प्रहरी पकडमा रहेकै बेला अफ्रिकीमुलका एक अमेरिकी नागरिकको मृत्यु भएपछि अमेरिकामा भ’ड्किएको हिं’सा अहिले पनि रोकिएको छैन ।

देशभरका विभिन्न सहरमा प्रदर्शनहरु भएपछि हिं’सा थप भ’ड्किन नदिन स्थानीय सरकारहरुले करिब ४० सहरमा क’फुर्यु आ’देश जारी गरेका छन् । केही दिनदेखि भइरहेको देशव्यापी प्रदर्शनका क्रममा कम्तीमा पाँच जनाको मृत्यु भइसकेको छ भने सयौँ घाइते भएका छन् । त्यसैगरी प्र’दर्शनमा उत्रिएकामध्ये हजारौलाई प्रहरीले नि’यन्त्रणमा पनि लिएको छ ।

अफ्रिकीमूलका अमेरिकी जर्ज फ्लोइडको प्रहरी नि’यन्त्रणमा रहेका बेला मिनियापोलिसमा निधन भएको थियो । उहाँलाई एक स्वेत प्रहरीले ह’त्या गरेको भिडियो सार्वजनिक भएपछि अमेरिकाभर वि’रोध प्रदर्शन चर्किएको हो । सयौँ मानिसहरूले ४६ बर्षीय फ्लोइडको ह’त्यामा न्यायको माग गर्दै राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि पनि प्रदर्शन गरेका थिए ।

देशभरका झण्डै १४० सहरमा चर्को वि’रोध प्रदर्शन भएको र यति धेरै ठूलो प्रदर्शन अमेरिकामा कम हुने गरेको एक अधिकारीले बताएका छन् । गत छ दिनदेखि भइरहेको प्रदर्शनका क्रममा झण्डै दुई दर्जन सहरहरुबाट प्रहरीले दुई हजार ५६४ जनालाई पक्राउ गरेको थियो । घटनाका बारेमा प्रहरीले अ’नुसन्धान शुरु गरिसकिएको जनाएको छ भने दो’षीलाई का’रबाही गरिने भएकाले आन्दोलित नहुन सरकारी अधिकारीहरुले आग्रह पनि गर्दै आएका छन् । प्रहरीले कतिपय ठाउँमा अश्रु ग्यास र ला’ठी चा’र्ज गरेपनि प्रदर्शनका’रीहरुलाई नि’यन्त्रण गर्न क’ठिन परिरहेको छ ।

जर्जियास्थित सीएनएनको कार्यालय नजिकै वि’रोध गर्ने क्रममा प्रदर्शनकारीले प्रहरीको एउटा कार ज’लाइदिएका थिए । हि’रासतमा फ्लोइडको मृत्यु भएकोमा मिनियापोलिसका गोरा जातिका डेरेक चौविनलाई गि’रफ्तार गरेर ह’त्या अ’भियोग लगाइएको छ । चौविन र थप तीनजना प्रहरीहरूलाई यही घ’टनाकै कारण सेवाबाट यसअघि नै ब’र्खास्त गरिएको छ ।

घटनाप्रति राष्ट्रपति डोनल्ड ट्रम्पले पनि दुःख व्यक्त गर्दै भ’नक र भ’यानक घ’टनाको संज्ञा दिनुभएको छ । उहाँले फ्लोइडका परिवारसँग कुराकानी पनि गरेको बताउनु भएको छ ।रासस

राष्ट्रपति ट्रंपको अभिव्यक्ति पछी प्रदर्शनकारीहरु झन् हिं सात्मक हुन थालेका छन । मंगलबार बेलुका न्युयोर्कको मिनहन्त्तनमा प्रदर्शनकारीहरुले प्रहरी भ्यानमा तोडफोड गर्नका साथै पसलहरु लु टपा ट समेत गरेका छन । भिडियो हेर्नुहोस ।