भाइरल गायक हेमराज भुजेलको नया ट्यालेन्ट (भिडियो)
काठमाडौँ । तनहुका एक युवकको अचम्मको प्रतिभा यतिबेला सामाजिक संजालमा भाइरल भइरहेको छ । उनको नाम हेम राज भुजेल हो । उनि सुस्त मनस्थितिका भएर पनि उनिसंग लोकगितको राम्रो दखल छ ।
उनले गित मात्र गाउने हैन मादल पनि आफ्नै मुखले बजाउछन । एक दुइवटा मात्र हैन धेरै गित उनलाई कण्ठस्थ छ । उनलाई केहि पैसा दिने भनेपछि सबै गाउलेलाई गित गाएर मनोरंजन दिने गर्दछन ।
भिडियो हेर्नुहोस ।
०००
रुकुम घटना सेलाउन नपाउदै गोरखामा अर्को घटना, फोनमा बोलेको १५ मिनेटपछि मृत्यूको खबर (भिडियो)
पोखरा । बेलुका करिब ७ बजेतिर लक्ष्मी रिमालले आफ्ना पति बुद्धिबहादुरसंग फोनमा बोल्दै थिईन् । बुद्धिबहादुरले दुबईबाटै म डिउटी सकेर निस्किएको भन्दै पछि १५ मिनेटपछि फोन गर्ने बताए ।
श्रीमानको फोन आउने आशामा बसेकी लक्ष्मी त्यती बेला छाँगाबाट खसेजस्तै भईन जतिबेला कम्पनीका म्यानेजरले बुद्धिबहादुरको दुर्घटनामा ज्यान गयो भनेर भने । एक बर्ष अघि परिवार पाल्ने र घर बनाउने अभिलाशा बोकेर गत असारमा दुबई पुगेका बुद्धिबहादुर रिमालको दुर्घटना हो वा हत्या आत्महत्या के हो अझै पनि परिवार निश्चिन्त भएको छैन । हेर्नुहोस् स्थलगत रिपोर्ट ।