यस्तो रहेछ चिनियाँ युवतीहरुको सुन्दरताको राज

एजेन्सी । चिनियाँ युवतीहरु आफ्नो चम्किलो, बेदाग अनि नरम छालाको लागि चिनिन्छन्। वास्तवमा यस्तो छालाको पछाडी लुकेको छ उनीहरुको घरेलु तथा पारम्परिक तरिका। यसमा सबैभन्दा राम्रो कुरा यो हो कि यी उपाय हामीले पनि अपनाउन सक्छौ।

के हो चिनियाँहरुको सुन्दरताको रहस्य ?

चिनियाँ युवतीहरु चामलको पानीलाई टोनरको रुपमा प्रयोग गर्छन्। यसको लागि पालिस नगरिएको चामललाई एउटा भाँडोमा राखेर भिजाउँनुस। केही समयमा माथी सेतो तह देखिन्छ। त्यसपश्चात पानी मात्र छानेर त्यसलाई फ्रिजमा राख्नुस्। यो पानी ३-४ दिनसम्म प्रयोग गर्न सकिन्छ। कपास (रुई)को मद्धतले यो अनुहारमा लगाउनुस्। ३-४ दिन पश्चात फेरि यसरी नै नयाँ पानी बनाएर फ्रिजमा राख्नुस्।

जवान देखिन ग्रिन टि

चिनियाँ युवती ग्रिन-टीको सहयोग लिन्छन्। हरेक दिन बिहान कप ग्रिन टि पिउँनाले पेट स्वस्थ्य हुनुको साथै नियमित प्रयोगले जवान देखिन मद्दत गर्छ।

सफा अनुहारको लागि

सफा अनुहारको लागि चिनियाँ युवतीहरु पुदिना प्रयोग गर्छन्। पुदिनाको पात पिसेर अनुहारमा लगाएर सुकेपछि धुन सकिन्छ।

चाउरीबाट बच्न

अनुहारलाई चाउरीपनबाट बचाउन चिनियाँ युवतीहरु अण्डा प्रयोग गर्छन्। अण्डाको सेतो भाग अनुहारमा लगाउनुस् अनि २० मिनेट पश्चात चिसो पानीले धुनुस्। अण्डामा हुने एस्ट्रिजेन्टले छाला कसिलो बनाउन मद्धत गर्छ।

यसको साथै चिनियाँहरु मसाजमा विश्वास गर्छन्। मसाजले रक्त सञ्चार बढ्छ र कोषहरुको ‘रिजेनेरेशन’ बढ्छ जसको कारण आँखा सुन्निएको जस्तो हुन कम हुन्छ।

०००

यो पनि

६ दिनसम्म श्रीमतीको लाससँगै सुते यी पुरुष, उनको यो हालत देखेर आफन्तहरुको थामिएन आशु

एजेन्सी । पत्नीको शवसँगै उनी बसिरहँदा धेरै आफन्तहरु उनलाई भेट्न आए । उनको हालत देखेर आगन्तुकहरु भक्कानिएर रुन्थे । उनले पत्नीलाई यति धेरै माया गर्दथे की उनी आफ्नी पत्नीको शवलाई डाक्टरको हातमा सुम्पिन चाहन्नथे….

आफ्नो मान्छेको प्रेममा पागल हुनेहरुका कथाहरु धेरै देख्नु तथा सुन्नुभएकै होला । तर बेलायतको यो कथा भने अलिक फरक छ ।

समाचार अनुसार रसेल डेभिसनकी ५० वर्षीया श्रीमती वेन्डी डेभिसनको गत २१ अप्रिलमा मृत्यु भयो । पछिल्लो १० वर्षदेखि पाठेघरको क्यान्सरसँग जुधिरहेकी जिवनसंगिनी वेन्डीको निधनपछि उनका पति रसेल दुखी नहुने कुरै भएन ।

पत्नी प्रति उनको प्रेम यतिधेरै थियो की वेन्डी मरिसकेपछि पनि उनले पत्नीको शवको अन्तिम संस्कारको क्रिया गर्न मानेनन् । उनले पत्नीको शवलाई शवदाह गृहमा लैजान पनि इन्कार गरे । उनले पत्नीको शवलाई सबैभन्दा पहिले आफ्नो बेडरुममा लगेर राखे ।

त्यसपछि उनी सोही बेडरुममा पत्नीको शवसँगै बस्न थाले, त्यहीँ सुत्न थाले । पूरै ६ दिनसम्म उनी पत्नीको शवसँगै बसे । श्रीमतीको शवसँगै ६ दिन बस्दा आफुलाई धेरै आत्मशान्ति मिलेको उनी बताउँछन् । पत्नीको शवसँगै उनी बसिरहँदा धेरै आफन्तहरु उनलाई भेट्न आए । उनको हालत देखेर आगन्तुकहरु भक्कानिएर रुन्थे ।

उनले पत्नीलाई यति धेरै माया गर्दथे की उनी आफ्नी पत्नीको शवलाई डाक्टरको हातमा सुम्पिन चाहन्नथे ता की तत्कालै शवलाई शवदाह गृहमा लगेर अन्त्येष्टि गरियोस् । घरमै प्राण त्याग्ने वेन्डीको पनि इच्छा थियो र जिवनको अन्तिम समयमा उनी अस्पताल भर्ना हुन चाहिनन् ।

मानिस एकदिन मर्नैपर्छ । तर मृत्युको कुरा गर्न सबै डराउँछन् र मानिस मरिसकेपछि जतिसक्दो चाँडो शवलाई अन्त्येष्टिका लागि कुदाउँछन् । तर आफुले मृत्युलाई नजिकबाट अनुभुति गर्ने र मृत्युपछिको पलमा पनि पत्नीको राम्रो हेरचाह गर्ने अभिलाषा बोकेको हुँदा आफुले कुनै शवदाह गृहमा लगेर पत्नीको लासलाई तत्कालै नबुझाएको उनी बताउँछन् । ६ दिन घरमा राखिसकेपछि मात्र उनले पत्नीको शवलाई अन्त्येष्टि गर्न आफै लगे । – नेपालीन्यूजबाट

०००

यो पनि

संसारमा यस्तो पनि ठाउँ छ, जहाँ पुरुष नपाएर अविवाहित महिला छटपटाउछन् !

एजेन्सी । उमेर ढल्किँदै जाँदा बिहे गर्ने एउटा पनि केटा नपाएपछि सहरभरिका केटीहरुले सामूहिक रुपमा केटा पाउँ भन्दै गुहार मागेका छन् ।यो ब्राजिलको घटना हो । ब्राजिलको नोइभा डो कोर्डेरियो सहरमा एकजना पनि अविवाहित पुरुष छैनन् । तर ६ सय जना अविवाहित महिला छन् । ती मध्ये अधिकांस ३५ वर्ष मुनिका तरुनी छन् ।

महिलाले नै भरिएको त्यो सहरमा महिलाकै बोलवाला छ । तर भएर के गर्नु ? पुरुष नपाएर अविवाहित महिला छटपटाउन थालेका छन् । उनीहरुले हालै एक सामूहिक अपिल गरेका छन् अविवाहित केटाहरुलाई आफुसँग सम्बन्ध गाँस्न अनुरोध गर्दै ।ब्राजिलको यो सहर मात्र होइन रुसमा पनि हालत यस्तै छ । केटाहरुको संख्या निकै कम छ केटीहरुको भन्दा जसका कारण महिलाहरुले जस्तो पाएपनि केटा खोजेर बिहे गर्नैपर्ने अवस्थामा छन् ।

अस्ट्रेलियामा पनि पुरुषहरुको खडेरी नै पर्न लागेको त्यहाँको एक अनलाइनले जनाएको छ । भिक्टोरियामा १ सय जना महिलामा केवल ९८ जना मात्र पुरुष छन् । यो त्यतिसारो लैंगिक असन्तुलन त होइन तर यसले पनि दशौँ हजार पुरुषको कमी देखाउँछ । अर्थात् पुरुष भन्दा ६० हजार बढि महिला छन् भिक्टोरियामा ।

यता चीनमा भने महिलाको खडेरी छ र एकल पुरुषहरुको संख्या बढिरहेको छ । भनिन्छ, भविष्यमा चीनका २५ प्रतिशत पुरुष कि त अविवाहित बस्नुपर्छ कि त जस्तो पाएपनि केटी खोजेर बिहे गर्नुपर्छ ।-अनलाइनखबरबाट