बर्षाले करोडौ इन्डियन फ्यान भएकी अभिनेत्री मनिषा कोइरालासंग केहि सिक्ने कि (भिडियो)

काठमाडौँ, ११ जेठ । अभिनेत्री वर्षा राउतले एक अन्तर्वार्ताको क्रममा सिमा बारे बोलेको केहि शब्दले नेपाली दर्शकको चित्त दुखाएको छ । उनको उक्त अन्तर्वार्ताको भिडियो सामाजिक संजालमा अहिले भाइरल नै भइरहेको छ ।

एक अनलाइन अन्तर्वार्तामा लिम्पियाधुरा, कालापानी, लिपुलेक सम्बन्धि सोधिएको प्रश्नमा जवाफ दिदै उनले भनेकी छन् – ‘आबेशमा आएर देशको माया लाग्छ भन्दैमा ए हैन यो त हाम्रै हो तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा हैन नि त । टेबुल टक गरेर उताको गभर्मेन्ट र यताको गभर्मेन्ट मिलेर पो कुरा गर्ने हो नि त ।’

उनि थप्छिन – ‘यहाँ त झगडा झगडा गराई रहेको छ के दुवै पक्षको जर्नालिस्ट मिलेर, अब मेरो भारतीय साथीहरुसंग म कसरी अनुहार देखाऊ त्यस्तै भारतीयहरुले मलाई कसरी अनुहार देखाउने भइरहेको छ के अहिले ।’

वर्षाको यी कुराहरु सुन्दा लाग्छ उनलाई राष्ट्र के हो भन्ने ज्ञानको कमि छ । उनलाई राष्ट्रको भन्दा आफ्नो भारतीय साथिहरुको चिन्ता भएको जस्तो देखिन्छ । बोल्नु अगाडी चर्चित अभिनेत्री मनिषा कोइरालाबाट केहि शिक्षा लिएको भए हुने थियो । मनिषा कोइराला बलिवुडकी चर्चित अभिनेत्री मध्यमा पर्दछिन । उनको नेपाली भन्दा भारतीय फ्यान नै बढी छन् । तर जब देशको कुरा आयो उनले आफ्नो देशको पक्षमा बोलिन । पुरा भारतीय मिडियाहरु उनको बिरुद्द खनिदा पनि उनि टसमस भएकी छैनन् ।

हुनत बर्षाले मनिषा कोइरालाको साथमा उभिएर हाम्रो मातृभूमी र हाम्रो स्वाभिमान प्रतिको हस्तक्षेप कदापि स्वीकार्य छैन भन्दै सामाजिक संजालमा स्टाटस पनि राखेकी छन । तर उनको पछिल्लो अभिव्यक्ति भने विवास्पद छ ।

वर्षाका भारतीय साथी उनीसित रिसाउलान् भनेर नेपाली पत्रकारले सीमाको मुद्दा नउठाउने कुरा त हुँदैन होला । फेरि एउटा सेलिब्रिटी हुनुको नाताले आफ्ना इन्डियन साथीलार्ई पनि यो विषय बुझाउने दायित्व  वर्षाको पनि त हो ।

उनले नेपाली र भारतीय पत्रकारले दुई देशबीच झगडा पारिरहेको भनेर दुवैलाई एउटै डालोमा हालिदिएकी छन् । जबकि नेपाली सञ्चारमाध्यमले तर्कमा उभिएर प्रश्न गरिरहेका छन् भने भारतीय सञ्चारमाध्यले  विना तथ्य गालीगलौज मात्रै गरिरहेका छन् ।

वर्षाले बलिवुड कै अन्य कलाकारबाट पनि पाठ सिक्न सक्छिन । जब पाकिस्तान र भारतको युद्द हुन्छ भारतीय सबै कलाकारहरुले पहिले देश अनि अन्य कुरा भन्ने जवाफ दिने गर्दछन । गत फेब्रुअरी सन २०१९ मा जब पुल्वामा हमला भएपछि भारतले पाकिस्तानी कलाकारहरुलाई भारतमा काम गर्न प्रतिबन्ध लगाएको थियो । बलिवुडमा चर्चित कलाकारहरु अतिस असलम, राहत फाते अलि खान, फवाद खान, महिरा खान, अलि जफर, सारा लोरेन आदि चर्चित कलाकारहरु काम गर्दछन । उनीहरुलाई भारतीय सरकारले बलिवुडमा काम नगर्न आदेश दिए पछी सबै भारतीय कलाकारहरुले आफ्नै सहकर्मी पाकिस्तानी कलाकारको साथ छोडेर सरकारको पक्ष लिदै पहिले देश रोजेका थिए ।

वर्षाले यस्तो जवाफ दिइरहदा सोहि अन्तर्वार्तामा अर्की चर्चित अभिनेत्री प्रियंका कार्कीले भने निक्कै डिप्लोम्याटिक जवाफ दिएकी थिइन । चाहेको भए वर्षाले पनि यस्तो सम्बेदनशील कुराको जवाफ नदिन पनि सक्थिन तर बोलि सकेपछि बिचार पुर्याएर बोलेको भए आफ्नै फ्यानहरु उनको बिरोधमा नउत्रिने पो थिए कि?

यस्तो छ वर्ष राउतको भनाई :

पुरा अन्तर्वार्ता यहाँ :

अपडेट :

वर्षाले मागिन माफी