परपुरुषसंग अ’वैध स’म्बन्ध राखेको आशंकामा पतिले पत्नीको ‘गु’प्ता’ङ्गमा लगाए सुपरग्लु !

एजेन्सी । विश्वमा यौनसँग सम्बन्धित विभिन्न किसिमका अपराधहरु हुने गरेका छन् । यसै क्रममा अफ्रिकी मुलुक केन्यामा एक अनौठो घटना बाहिरिएको छ । त्यहाँका एक व्यक्तिले अ’वैध सम्बन्ध राखेको आशंकामा पत्नीको यौ’ना’ङ्ग सुपर ग्लुले टालिदिएका छन् । पतिको यस्तो व्यवहारपछि छटपटाएकी ती महिलालाई उनका छिमेकीले उद्दार गरी अस्पतालमा भर्ना गरेका थिए । उनको हालत ग’म्भीर भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

डेली स्टारको रिपोर्टका अनुसार ३६ वर्षीय डेनिस मुमो मा’नसिक रुपमा बिरामी छन् । उनले आफ्नी पत्नीको मोबाइलमा केही म्यासेज र तस्बिरहरु देखेका थिए । उनले त्यसैलाई आधार मानेर पत्नीको अ’वैध स’म्बन्ध भएको आ’शंका गरेका थिए ।

केन्याको एउटा सानो गाउँमा कितुईमा रहने मुसो मजदुर हुन् । र उनी कामको सिलसिलामा घरबाट टाढा बस्ने गर्थे । उनका अनुसार उनकी पत्नीले उनी घरमा नभएको समयमा परपुरुषसँग सम्बन्ध राख्ने गरेको उनको दाबी छ ।

उद्धारकर्ताहरुका अनुसार श्रीमान् आफ्नी पत्नीलाई बाँ’धे’र उनको यौ”’ना’ङ्ग”मा सुपरग्लुले टालिदिएपछि फरार भएका थिए । यद्यपी उनी अहिले पक्राउ परिसकेका छन् । उनले प्रहरी समक्ष आफ्नो गल्ती पनि स्वीकारिसकेका छन् । प्रहरीले मुमोमाथि घरेलु हिं’साको आरोप लगाएको छ ।

उनकी पत्नीको प्रजनन अंगमा गहिरो चोट लागेको छ । उनीमा बाँझोपनको समस्या आउन सक्ने डाक्टरहरुले बताएका छन् ।

०००

३० वर्षसम्म ढोका अड्काउन प्रयोग गरेको यो ढुंगाको मूल्य करोड बढी !

एजेन्सी । १० किलोको एउटा ढुङ्गाको मूल्य एक करोड भन्दा बढी पर्छ भन्ने सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ । सन् १९३० को दशकमा भेटिएको उल्कापिन्ड नामक यो ढुंगाको मूल्य एक करोडभन्दा बढी भएको बताइएको हो ।

समाचारअनुसार अमेरिकाको मिशिगनमा यो ढुंगाले ढोकालाई ३० वर्षसम्म अड्याएर बन्द गरिरहेको पाइएको छ । अन्तराष्ट्रिय मिडियाका अनुसार उक्त ढुङ्गा उल्कापिन्ड भएको पत्ता लागेको छ ।

यस ढुंगाको मालिकले सन् १९८८ मा आफ्नो सम्पत्ति बेचेका बेला उक्त उल्कापिन्ड उपहारस्वरुप पाएको समाचारमा जनाइएको छ । स्रोतका अनुसार सन् १९३० को दशकको एक रात यसका मालिकले पत्थर खेतमा खन्नेबेला भेटे जुन निकै तातो थियो ।

गएको जनवरीमा उल्कापिण्डहरु हज्जारौं मूल्यमा बिकिरहेको रिपोर्ट देखेपछि नयाँ मालिक डेभिड माजुरेकले आफूसँग भएको अचम्मको ढुङगा पनि कतै उल्कापिण्ड त होइन भन्ने जिज्ञासासहित उनी युनिभर्सिटी अफ इक्ज्यामिनेशनमा पुगेको बताए । क्यालिफोर्निया युनिभर्सिटीको प्लेनेटरी–साइन्स डिपार्टमेन्ट पठाउनुअघि नै यो ढुंगालाई एडमोर उल्कापिन्ड नाम राखिएको वैज्ञानिकहरुले बताएका छन् ।

उल्कापिन्डको नमूना क्यालिफोर्निया युनिभर्सिटीको प्लेनेटरी–साइन्स डिपार्टमेन्ट पठाइएको छ ताकि त्यसको रासायनिक संघटन जाँच्न सकियोस् ।