कोरोना भाइरस र पारिवारिक सामिप्यता

-स्मारिका थुलुङ्ग राई

विश्वभरि नै फैलिएको (कोभिड १९ ) कोरोना भाइरसका कारण हाम्रो देश ५७ दिनदेखि लकडाउन मा छ तसर्थ हामी हिजोको दिन भन्दा केहि कठिन परिस्थिमा छौ ।

हाम्रो दैनिकी र वाच्ने जीवनशैलि फरक भएको छ । हामी सबैलाई लकडाउन भाइरस नियन्त्रण गर्ने राम्रो उपाय लागेर नै होला यो नियम पालना गरिरहेका छौ । अझै केही दिन थप पनि भैरहेको छ, अझै पनि घरमै वसौ, प्रविधिको कारण घरभित्रको आफ्नोलाई टाढा र वाहिरको पराइलाई आफ्नो वनाएको हाम्रो वानी सुधारौ र परिवारसङ्गको सामिप्यता बढाऔ , घरको सबैभन्दा वृद्ध वाजेवोजुहरुको जीवन भोगाइहका कुराहरु सुनौ, आमा र वुवाको संघर्षका कुराहरु सुनौ र मनन गरौ, दाजु भाइ र दिदि बहिनी सङ्ग जसरी मनोरञ्जन मिल्छ त्यसरी समय विताउ, व्यस्त जीवन शैली बिताइरहेका धेरै जना हुन्छौ यो समयमा स-परिवार सङ्गै खाना खाऔ, सबै सङ्गै वसेर एकर्काको कुरा सुनाऔ आफुले आफुलाइ चिन्ने साथै परिवारको आवश्यकता र चाहाना बुझ्ने एउटा राम्रो अवशर सम्झिउ के थाहा फेरि फेरि यस्तो फुर्सदको समय आउला नआउला ।

यो विषम परिस्थिती भएतापनी मैले त हरेक दिन विशेष वनाइरहेकी छु, पुरानो दिनहरु भन्दा दैनिकिमा परिवर्तन आएको छ सुत्ने र उठ्ने समय पटकै मिलेको छैन तर पनि मनमा पहिला जस्तो मनमा हतास हुदैन केही बितेको महशुस हुदैन गाउमा यतिका लामो समय बस्ने अवसर कहिले पाएकि थिइन यो वर्ष भने ढुक्कका साथ वस्न पाएकी छु, कति काम हरु वल्ल सिकिरहेको छु,दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या र मृत्यु हुनेको सङ्ख्या बढेको सुनेर पक्कै पनि मन आत्तिरहेको अवस्था त छ नै नआत्तिउ तर सचेत रहौ । आशा गरौ सुनौलो दिन पक्कै चाडै आउने छ ।