ब्रेकिङ – फेरी थपीए ९ जना कोरोना संक्रमित, नेपालमा कुल संक्रमितको संख्या पुग्यो ३०४

काठमाडौँ, ५ जेठ । कोरोना भाइरस कोभिड-१९ बाट थप ९ जना संक्रमित भएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रोग्शाला, काठमाडौँमा गरिएको परिक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानेको छ ।

संक्रमितहरुमा रौतहट, इश्नाथ नगरपालीकाका २,३,६, र ९ निवासी २१, २१, २५, २५, २९ र ३० वर्षीय पुरुषहरु र रौतहट माधवनारायण नगरपालिका ३ निवासी २८ वर्षीय महिला रहेका छन् । त्यस्तै बारा कलैयामाई ५ निवासी ३८ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना भाइरसबाट सक्रमितको संख्या ३०४ जना पुगेको छ । जस मध्य २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किएका छन ।