ललितपुरको वडामा बाहिरी जिल्ला वा विदेशबाट आउने भाडावालहरुलाई प्रवेश निषेध, लुकिछिपी प्रवेश दिए घर नै शिल गरिने

ललितपुर, १ जेठ । नेपालमा कोरोना भाइरसको फैलिने क्रम बढेसंगै ललितपुर महानगरपालिकाको वडा नम्बर ६ मा बाहिर जिल्ला वा विदेशबाट फर्किएका व्यक्तिरुलाई प्रवेश निषेध गरिएको छ ।

वडाको निर्देशन नमानी लुकिछिपी कसैलाई घरमा प्रवेश दिए घर नै सिल गर्ने वडा अध्यक्षले बताएका छन । त्यति मात्र हैन यदि बाहिरबाट आएकालाई कोरोना संक्रमण पुष्टि भए उनीहरुलाई क्वारेन्टाइनमा राख्न लाग्ने सम्पूर्ण खर्च देखि क्षतिपूर्तिको व्यवस्था समेत घरधनीले नै गर्नु पर्ने वडाले एक सुचना जारी गर्दै जानकारी दिएको छ ।

वडाभित्रका टोल सुधार समिति, संघ संस्थाहरुलाई आ–आफ्नो टोलभित्र बाहिरी मानिसहरुको आवतजावतलाई रोक्न, टोलभित्र फलफूल, तरकारी तथा अन्य खाद्य पसलहरु तोकिएको समयमा मात्र सामाजिक दुरी कायम गरी सञ्चालन गराउन वडाले निर्देशन दिएको छ ।