कुवेतबाट १७ नेपाली युवतीको गुहार, कोठाभित्र थुनेर राख्यो खान र ट्वाइलेट समेत जान पाइएन भन्दै रुदै सरकारलाई पठाए यस्तो संदेश (भिडियो)

काठमाडौं । कुवेतमा आममाफी पाएर नेपाल फर्किन अनुमति कुरिरहेका नेपालीले आफूहरू बिरामी पर्न थालेको बताएका छन् । क्वारेन्टाइन बनाइएका क्याम्पमा बसेर करिब दुई हप्तादेखि घर फर्किने अनुमति कुरेर बसेका उनीहरूले छिटो उद्धारका लागि नेपाल सरकारसँग आग्रह गरेका छन् ।

क्याम्पभित्रको व्यवस्थापनबारे नबोल्न भनिए पनि बिरामी हुनेक्रम बढ्दै गएपछि ती महिलाहरूले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका छन् । अबको दुई हप्तामा नेपाल नफर्काए कुवेतको क्वारेन्टाइनमै म र्नुपर्ने अवस्था आउने उनीहरूले बताएका छन् । ‘चिसो भुइँमा सुत्छौं, एसीको चिसोमा खाना पनि चिसो खुवाउँछ,’ उनीहरूले भनेका छन्, ‘केही दिनमै नेपाल लैजाने भनेर कागजपत्र बनाइदिएका नेपाली दूतावासका अधिकारीहरू अहिले फोन उठाउँदैन्, उठाउनेले म दूतावासको मान्छे होइन भन्छन् ।’ हेर्नुहोस