आजको विनिमय दर : कुन देशको कति? (तालिकामा हेर्नुहोस्)

काठमाडौँ, १ जेठ । नेपाली बजारमा साताको पाँचौं दिन आज (बिहीबार) यूके पाउण्डसहित थोरै देशको भाउ बढेको छ । धेरै देशको विनिमयदर स्थिर र केहीको घटेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ४६ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ ६ पैसा पुगेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४८ रुपैयाँ २७ पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ १ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८० पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ९६ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ७ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ २३ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ २५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको २० देशको विनिमय दर तलको तालिकामा हेर्नुहोस्-