निदान अस्पतालमा कार्यरत संक्रमित नर्सकी माइतीका ५ घर सिल, १९ जना क्वारेन्टाइनमा

सिन्धुली, १ जेठ । भक्तपुरमा फेला परेकी कोरोना संक्रमित नर्सको माइतीघर सिल गरिएको छ । मंगलबार कोरोना संक्रमित देखिएकी ती महिलाको माइतीघर सिल गरेर १९ जनालाई क्वारेन्टाइनमा राखिएको हो ।

सोमबार मात्रै सुनसरीबाट मोटरसाइकलमा काठमाडौँ आएकी उनले कमलामाई नगरपालिका–९ भिमानस्थित माइतीघरमा झन्डै ४५ मिनेट बिताएकी थिइन् । उनले त्यहाँ खानासमेत खाएकी थिइन् ।

ट्राभल हिस्ट्रीले यस्तो देखाएपछि उनको माइतीसहितका पाँच घर सिल गरिएको स्थानीय प्रशासनले जनाएको छ ।