फेरी थपिए ५ जना कोरोना संक्रमित, जम्मा संख्या २५० पुग्यो

काठमाडौं, १ जेठ । नेपालमा फेरी ५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै जम्मा संक्रमित संख्या २५० पुगेको छ ।

पछिल्लो समय थपिनेमा सर्लाहीका १, धनुषामा र महोत्तरीका २/२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जानकारी दिएको छ ।

थपिएका संक्रमित मध्ये चारजना पुरुष र एकजना महिला हुन् । उनीहरुको स्वाब परीक्षण राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, काठमाडौंमा गरिएको थियो ।

बिहीबार बिहान मात्रै कपिलवस्तु निवासी ६ वर्षीया बालिका र काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।