कोरोना भाइरसबाट २८ बर्षीय सुमो खेलाडी सोबुशीको नि’धन

एजेन्सी, ३१ बैशाख । कोरोना भाइरस (कोभिड-१९)बाट जापानी सुमो खेलाडीको मृ’त्यु भएको छ । २८ बर्षीय सोबुशीको मृ’त्यु कोरोना भाईरसको संक्रमणको कारण भएको जापान सुमो एसोसिएसन (जेएसए) ले बुधवार पुष्टि गरेको हो ।

जापानमा कोविड १९ को कारण सुमो खेलाडीको मृ’त्यु भएको यो पहिलो घटना हो ।
क्योडो न्युज एजेन्सीको रिपोर्टका अनुसार अप्रिल १० सोबुशीको पहिलो परीक्षण पोजेटिभ देखिएको थियो र उनी कोरोना भाईरसबाट पी’डित जापानका पहिलो सुमो रेसलर थिए । अप्रिल १९ मा उनको स्वास्थ्य झन बिग्रियो र उनलाई टोकियोको अस्पतालमा भर्ना गरियो ।

बुधवार बिहान अस्पतालमै सोबुशीको मृ’त्यु भयो । सोबुशीले सन २००७ मा डेब्यु गरेका थिए र जेएसएको चौथो डिभिजनमा ११ नम्बरमा पुगेका थिए ।

जापानमा गत अप्रिल २५ मा तल्लो डिभिजनका चार रेसलरहरूमा कोरोनाभाइरस संक्रमित पाईएको थियो ।